• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

सिद्धान्तहीन गठबन्धन र अपारदर्शी साँठगाँठले पार्टी लथालिंग भयो: कांग्रेस नेता केसी



काठमाडौँ । नेपाली कांग्रेसका नेता जगदीशनरसिंह केसीले नेतृत्वका कारण पार्टी लथालिंग र अस्तव्यस्त बनेको बताउनुभएको छ ।

पछिल्लो राष्ट्रिय राजनीति र पार्टीभित्रको आन्तरिक विषयमा छलफल गर्न आइतबार बिहान बत्तीसपुतलीमा जारी संस्थापन इतर पक्षका नेताहरुसँगको बैठकमा उहाँले पार्टी नेतृत्वका कारण पार्टीलाई अस्तव्यस्त बनाएर सिद्धान्तहीन गठबन्धन र अपारदर्शी साँठगाँठ वा सौदाबाजीबाट स्खलित, कमजोर र रुग्ण बनाइएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “जनताले कांग्रेसलाई संसद्को सर्वाधिक ठूलो पार्टी बनाइदिएको तर नेतृत्वको नालायकीपनले गर्दा सत्ता प्राप्तिका सम्भावना र कारण हामीबाट अन्यत्र पुगेको दुरावस्था छ ।”

नेता केसीले यस्तो गैरजिम्मेवार र कर्तव्यच्यूत नेतृत्वको संरक्षण र प्रश्रय पाएकोले छ महिनाभित्र वा संसदीय निर्वाचन सकिएको तीन महिना ९०७९ फागुन० भित्र आफ्नो अधिवेशन गरिसक्नुपर्ने जिम्मेवारीका साथ मनोनित भएका पाँचवटा भ्रातृसंस्थाका केन्द्रीय समितिहरू आफ्नो गठनको उद्देश्यलाई उपेक्षा गर्दै अनधिकृत र अवैधरुपमा जिल्ला–जिल्लामा आफूजस्तै टीके कमिटी गरिरहेको उल्लेख गर्नुभयो ।

बैठकमा आफूले व्यक्त गरेको भनाइ नेता केसीले सामाजिक सञ्जाल फेसबुकमा यसरी राख्नुभएको छ ः

शहिद र अग्रज राजनेताहरूको बलिदान र त्याग, हामीजस्ता अनेकौं निष्ठावान् कार्यकर्ताहरूको रगत ९पसिनाले मलजल गर्दै ल्याएको, राणा र पञ्चायती शासनको दमनका बावजूद देशको एक नम्बर राष्ट्रिय शक्तिको रुपमा स्थापित, हाम्रो प्यारो पार्टी, नेपाली कांग्रेस नेतृत्वकै कारणले लथालिङ्ग र अस्तव्यस्त अवस्था भोगिरहेको छ । राणा र पञ्चायतको दमनचक्रभन्दा यसकै नेतृत्वले गरेका पार्टी विधान र लोकतन्त्र विपरीतका हर्कतहरू हामीलाई यातनामय अनुभव भईरहेको छ।

आफ्नो नेतृत्वको पार्टीलाई अस्तव्यस्त बनाएर सिद्धान्तहिन गठबन्धन् र अपारदर्शी साँठगाँठ वा सौदावाजी नेपाली कांग्रेस स्खलित, कमजोर र रुग्ण वनाईएको छ । जनताले कांग्रेसलाई संसदको सर्वाधिक ठूलो पार्टी बनाईदिएका छन् । तर नेतृत्वको नालायकीपनले गर्दा सत्ता प्राप्तिका सम्भावना र कारण हामीबाट अन्यत्र पुगेको दुरावस्था छ ।

यस्तो गैरजिम्मेवार र कर्तब्यच्युत नेतृत्वको संरक्षण र प्रश्रय पाएकोले छ महिनाभित्र वा संसदीय निर्वाचन सकिएको तीन महिना (०७९ फागुन) भित्र आफ्नो अधिवेशन गरिसक्नुपर्ने जिम्मेवारीका साथ मनोनित भएका पाँचवटा भातृसंस्थाका केन्द्रीय समितिहरू आफ्नो गठनको उद्देश्यलाई उपेक्षा गर्दै अनधिकृत र अवैध रुपमा जिल्ला९जिल्लामा आफूजस्तै टीके कमिटी गरिरहेका छन्।

भातृसंस्थाहरूको नेतृत्व, अधिवेशन र हस्तक्षेप रहित स्वतन्त्र र निष्पक्ष लोकतान्त्रिक प्रक्रियाद्वारा निर्माण गरिनुपर्नेमा आन्तरिक लोकतन्त्रलाई यसरी भित्रभित्रै कीरा पारेर पार्टीलाई मक्काउन र सडाउन उद्यत दुष्कर्मको सारा निष्ठावान् तथा स्वभिमानी साथीहरू, खासगरी भातृसंस्थाकै साथीहरूबाट जोडदार विरोध हुनु परिस्थितिको अनिवार्य आवश्यकता भईसकेको छ। यस्तो दुष्कर्मले नेपाली कांग्रेस जस्तो सिद्धान्त, नैतिकता र जनउत्तरदायी पार्टीको कदापि हित हुँदैन । भातृसँस्थाका अधिकांश साथीहरूबाट यस वास्तविकता लाई मनन हुने मेरो विश्वास छ ।

अतस् भातृसंस्थामा भईरहेका यस्ता गतिविधिलाई तुरुन्त रोकी यथाशीघ्र अधिवेशन द्वारा नेतृत्व निर्वाचित गर्ने प्रक्रिया चलाईयोस् भन्ने जोडदार माग गर्दछु । साथै नेपाली कांग्रेस बिपक्षि दलका नेता सम्ब्धि कानुन र संसदको पदाधिकारीको सुबिधा सम्बन्धी एन दफा २ को ङ मा रहेको ब्यबस्था लाइ ध्यान नपुर्याएको ।