• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

राष्ट्रपति भण्डारी ले भन्नुभयो- ‘आज मलाई माइती आएजस्तै लागेको छ’



भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

भक्तपुरको कमलविनायकस्थित बिजुक्छेँ निवास पुग्नुभएकी राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्दै भन्नुभयो, “मलाई आज माइती आएजस्तै लागेको छ, म धेरै खुसी भएको छु ।” उहाँले क्यान्सर रोगका कारण निधन हुनुभएकी बिजुक्छेँ पत्नी शोभा बिजुक्छेँको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो ।

भेटमा बिजुक्छेँले मानिसको जीवनलाई चाहिने अत्यावश्यक औषधि अभावमा मृत्यु हुन नपरोस् भन्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “औषधिजस्तो अतिसंवेदनशील वस्तुको व्यवस्था राज्यले गर्नुपर्छ, औषधि अभाव भएर मृत्यु हुने अवस्था देशमा अन्त्य हुनुपर्छ, सरकारले अत्यावश्यक औषधि देशमै उत्पादन गर्नुप¥यो, देशलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र अत्यावश्यक औषधिको व्यवस्था गर्न सक्ने गरी औषधि व्यवस्था विभागले काम गर्नुप¥यो ।”

विदेशमा सहजरूपमा पाइने क्यान्सरको औषधि नेपालमा ल्याउनसमेत नसक्दा औषधि अभावमै बिजुक्छेँ पत्नी शोभाको उपचारमा समस्या आएर ज्यान गएको स्मरण गर्नुभयो । बिजुक्छेँले मानिसका लागि औषधि र कृषिका लागि रासायनिक मल उत्पादन आफ्नै देशले गर्नुपर्ने बताउँदै मल उत्पादन नहुँदा कृषिमा देश पछाडि परेको बताउनुभयो । उहाँले भक्तपुरको शिक्षा, कृषि, स्वास्थ्यको अवस्था र ऐतिहासिक सम्पदाको संरक्षणको अवस्थाकाबारेमा राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो ।

भेटमा राष्ट्रपति भण्डारीले स्वास्थ्य र शिक्षाका विषयमा आफूले पनि सरोकार र चासो राखिरहेको बताउँदै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणको क्षेत्रमा भक्तपुरले गरेको काम देखेर खुसी लागेको बताउनुभयो ।

पौने एक घण्टा बिजुक्छेँ निवासमा भएको शिष्टाचार भेटमा शिक्षा, स्वास्थ्य, कृषि र सम्पदा संरक्षणकाबारेमा कुराकानी भएको भेटमा सहभागी नेमकिपाका केन्द्रीय सदस्य एवं बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईँले जानकारी दिनुभयो । रासस