२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

दल विभाजनको गाँठो फुकाउने सरकारको तयारी , नेपाल पक्षले विश्वासको मत दिने



अ+ अ-

काठमाडौ । बहुमत सदस्य सहितको दाबीमा अदालतको परमादेश सहित प्रधानमन्त्री बन्नु भएका नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाको सरकारको सत्ताको साँचो माधब कुमार नेपालसंग रहेको छ । माधब नेपालको भाषामा 'अतिबाद बिरुद्ध बिद्रोह' तथा हाल सम्म उहाकै पार्टी नेकपा एमालेका अध्यक्ष केपी ओलीको मुल्याङनमा 'अनुशासनहीन र अराजक समूह ' अर्थात नेपाल समुहसंग रहेको साँचो जोगाउनु प्रधानमन्त्री देउवाको लागि सबै भन्दा ठुलो चुनौतिका रुपमा रहेको छ ।

तस्बिर: रोशन सापकोटा/रासस।

साढे तीन बर्षमा प्रतिपक्षको भूमिका पनि राम्रो संग निभाउन नसकेको आरोप लागेका देउवाले यतिबेला नसोचेको स्थान पाउनु भएको छ । सरकारको साँचो नेपालसंग रहेका कारण यतिबेला देउवाको प्रथामिकतामा नेपाल हुनुहुन्छ ।  ओलीलाई सत्ताच्यूत गराउन निर्णायक भूमिकामा रहनु भएका एमालेका बरिष्ठ नेता नेपाल प्रधानमन्त्रीको सपथ  ग्रहण समारोहमा देउवा भन्दा बढी उत्साहीत हुनुहुन्थो । जसका कारण बिरामी भनिएका नेपालले कोरोनाको समेत वास्ता नगरी कसिलो रुपमा  हात मिलाउनु भयो । त्यही कसिलो हात हत्तपत्त नछुटोस भन्दै सपथ लिएको भोलीपल्ट बुधबार देउवा नेपाल निबास कोटेश्वर पुग्नु भयो ।

उहाँले सरकार बनाउन निकै ठुलो गुन लगाएको कारण नेपालको समूहलाई सरकारमा सहभागी हुन आग्रह गर्नुभयो । तर नेपाल समूह तत्काल सरकारमा सहभागी हुन चाहे पनि प्राबिधिक रुपमा मिलेको छैन ।  प्रधानमन्त्री देउवाले त्यही बाध्यता बुझेर कानून मार्फत नेपाललाई परेको समस्या गाँठो फुकाईदिने आश्वासन दिनुभएको छ ।  देउवाको आश्वासन तत्कालको प्रतिक्रियाको रुपमा मात्र आएको  होईन ।

 माधब नेपाल समूहमा एक प्रभाबशली सदस्यका अनुसार यति बेला नेपाल आफू संग भएका भनिएका २३  सांसदलाई जाोगाउने र सकेसम्म ओली तीरका असन्तुुष्ट सांसदहरु लाईआफू तीर  तान्ने प्रयासमा हुनुहुन्छ ।  ती नेताका अनुसार  एमाले भएरै देउवालाई बिश्वासको मत दिने  तयारी नेपाल समूहको रहेका छ ।  जसको बाटो अदालतको आदेशबाट आएको छ वा मिलाईएको छ ।

सरकारले बिश्वासको मत प्रांप्त गरे लगत्तै संसद अधिबेशन अन्त्य गर्ने तयारी देउवाको रहेको छ । अधिबेशन अन्त्य संगै राजनीति दल सम्बन्धी  अध्यादेश ल्याउने बारेमा देउवा, नेपाल र पुष्पकमल दाहल बीच सहमति भै सकेको स्रोतले जनायो । स्रोतमा अनुसार त्यसबेला सम्म नेपाल समूहमा पनि सदस्य रहन्छन् त्यही संख्याको आधारमा पुग्ने गरी कानून ससोधन गर्ने र लगत्र्तै नेपाल समूहले निर्बाचन आयोगमा यस अघि दर्ता गराएको दललाई क्रियाशिलता दिने तयारी रहेको छ । त्यसबेला सम्म उपेन्द्र यादलबले नेतृत्व गरेको दलले बैधानीकता पाउने बाताबरण मिलाउने तयारी पनि गठबन्धनको रहेको स्रोतले जनायो ।

यसै गरी राष्ट्रपति बिद्यादेबी भण्डारी बिरुद्ध महाअभियोगको अस्त्र तत्काल प्रयोग नगर्ने तर दवाबमा राख्दै राजीनामाका लागि बाध्य पार्ने तयारी पनि गठबन्धनले गरेको ती नेताले बताए । ओली संग देउवा तथा दाहाल भन्दा निकै बढी अक्रोसित हुनु भएका  नेपालले कुनै पनि हातलमा ओलीलाई चकानाचुर पार्नुृपर्ने भन्दै  ओलीका पालमा  भएका सम्पूर्ण राजनीतिक नियुक्तिलाई खाली  गराउने आफू निकट नेताहरु लाई बताउदै आउनु भएको छ ।

यो संगै आगमी तीनैतहको निर्बाचन सम्म गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका पाँच दल बीच भागबण्डा समेत भएको स्रोतले जनाएको छ । उहाँका अनुसार पाँचदल बीच ५५/४५ प्रतिशतमा भागबण्डा समेत भएको जनाईएको छ । नेपाली काँग्रेसले ५५ प्रतिशत र अन्य चार दलले ४५ प्रतिशत लिई सहकार्य गर्ने सहमति पनि गरेको उहाँले बताउनु भयो ।