• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

राप्रपा अध्यक्ष, उपप्रधानमन्त्री लिङ्देनद्वारा ८३ औं पटक रक्तदान- फोटो फिचर



काठमाडौं । राप्रपा अध्यक्ष, उपप्रधानमन्त्री एवं उर्जा, जलस्रोत र सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनले ८३ औं पटक रक्तदान गर्नुभएको छ ।

राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं क्षेत्र नं १ ले आज शंखमुलमा आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएका अध्यक्ष लिङ्देनले ८३ औं पटक रक्तदान गर्नुभएको हो ।

त्यस अवसरमा लिङ्देनले हालसम्म सर्वाधिक बढी १७२ औं पटक रक्तदान गर्ने रक्तदाता प्रेमसागर कर्माचार्यलाई सम्मान गर्नुहुँदै आफूले पनि किशोर अवस्थादेखि रक्तदान गर्न थालेको र बाटोमा हिड्दा हिड्दै रक्तदान कार्यक्रम भएको देख्नासाथ कार्यक्रमस्थलमा प्रवेश गरेर कैयौंपटक रक्तदान गरेको स्मरण गर्नुभयो । युवा संगठनका संयोजक राजेश भट्टराईले १०० भन्दा बढी रक्तदाताले रक्तदान गरेको जानकारी दिएका छन् ।