१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौन दुर्व्यवहारको आरोपमा ब्राजिलियन डिफेन्डर पक्राउ



अ+ अ-

काठमाडौं । ब्राजिलियन डिफेन्डर डानी अल्भेस पक्राउ परेका छन् ।

महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा अल्भेस स्पेनमा पक्राउ परेका हुन् ।

बार्सिलोनाका पूर्व डिफेन्डर अल्भेसमाथि गत डिसेम्बर ३० मा नाइट क्लबमा एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप छ।

शुक्रबार प्रहरीमा उपस्थित भएका अल्भेसले आरोप अस्वीकार गरेका छन् । उनले नाइट क्लबमा आफू उपस्थित भएपनि दुर्व्यवहार नगरेको दाबी गरेका छन् ।

अल्भेस अदालतको सुनुवाइमा बार्सिलोनाको सिउटाट डे ला जस्टिसिया उपस्थित हुनेछन् ।