• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित ★   रोजगारीका लागि ११ महिनामा झण्डै सात लाख नेपाली विदेशिए ★   राष्ट्रपति पौडेलद्वारा भत्किएको बर्लिनको पर्खाल अवलोकन ★   भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै ★   बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच ★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल

प्रधानमन्त्रीले मौनधारणको अवज्ञा गरेको भन्दै मधेस कांग्रेसको विरोध



जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशले प्रतिनिधिसभा बैठकमा मधेस आन्दोलनका शहिदहरुप्रति सांसदहरुले गरेको अपमानप्रति दुःख व्यक्त गरेको छ ।

कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले विज्ञप्ति जारी गर्दै मधेस आन्दोलनका शहिदहरुप्रति प्रतिनिधिसभामा अपमान भएकोमा दुःख व्यक्त गरेका हुन् ।

विहिवार सदनमा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले मधेसी शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गर्न आग्रह गरेक थिए । सोहि क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका केही सांसदहरु भने मौन धारणको लागि उठेनन् ।

प्रधानमन्त्रीले नै मौन धारण नगरेर विभेद र अपमानपूर्ण व्यवहार गरेको भन्दै दुःख व्यक्त गरेका छन् । विज्ञप्तिमा भनिएको छ ‘मौनधारणको अनुरोधलाई प्रधानमन्त्री लगायतका कतिपय सांसदज्यूहरूले अवज्ञा गर्नु दुःखद छ। यो घटनाबाट हाम्रा शासकहरू मधेसका शहीदहरूप्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट हुन्छ ।’

मधेश आन्दोलनका सहिदहरूप्रति प्रधानमन्त्री प्रचण्ड लगायतको रवैया मधेस र मधेसी जनताप्रतिको अपमान र मधेशीजनविरुद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज भएको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै आगामी दिनमा यस्ता विभेद र अपमानपूर्ण व्यवहार नगर्न प्रधानमन्त्री प्रचण्डलगायत सम्बन्धित सबैलाई ध्यानकर्षण गराएका छन् ।