काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला निवासमा रामचन्द्र पौडेल पक्षका नेताहरुको बैठक बस्दैछ । पौडेल पक्षका नेताहरुको बैठकले सरकारमा सहभागी हुन पठाउने मन्त्रीहरुको बारेमा छलफल हुने भएको हो ।
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले हाल कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह मन्त्रालय र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै माओवादीबाट पम्फा भुसाललाई ऊर्जा र जनार्दन शर्मालाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएपनि अन्य मन्त्रालयहरु प्रधानमन्त्री देउवाले आफैंसँग राखेका छन् । उनले मन्त्रीहरुको नामावली छिटो पठाइदिन पौडेल पक्षलाई आग्रह गर्दै आएका छन् ।