• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय ★   गर्मी छल्न सुकुटे, र्‍याफ्टिङले पर्यटक आकर्षित ★   बजेट प्रभावकारी कार्यान्वयनमा सांसदहरुको जोड

गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु होः सांसद नेम्वाङ



file

काठमाडौँ । नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु भनेको राजनीतिक दलहरुले आफैँमाथि विश्वास नगर्नु रहेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिका लागि राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्ने बताउनु भयो । नेकपा एमालेबाट राष्ट्रपति बन्ने भएसँगै नेम्वाङको नाम चर्चामा रहेको छ । उहाँले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले संविधानअनुसार काम गर्नसक्ने बताउनु भयो । उहाँले राष्ट्रपति बन्नका लागि अब कुनै कुलमा जन्मिनु आवश्यक नरहेको पनि बताउनु भयो ।

उहाँले प्रतिनिधि सभामा आज निर्वाचित सभामुख देवराज घिमिरेले सबैको विश्वास जितेर काम गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आजको प्रतिष्पर्धा सहमतिको प्रतिष्पर्धा हो । लोकतन्त्रको विधि, प्रक्रिया अनुसारको प्रतिष्पर्धा हो । जुन हामी सबैले स्वीकारेको प्रतिष्पर्धा हो । सभामुखले अब हामीले विश्वास गरेको जस्तो गरेर सबैको विश्वास जितेर काम गर्नुपर्छ । मलाई विश्वास छ, उहाँले राम्रो काम गर्नुहुन्छ ।

जनताको छोराछोरी नै राष्ट्रपति बन्ने हो, कोही पनि बन्नसक्छ । बन्नुहोस् भन्ने आग्रह छ, पार्टीले के निर्णय गर्छ हेरौँ । गैर राजनीतिक दलबाट राष्ट्रपति बनाउने कुरा राजनीतिक दलहरुले आफैँमाथि गरेको अविश्वास हो ।

राजनीतिक दलहरुले सक्षम व्यक्ति अघि सार्न सक्नुपर्छ । जुन सक्षम व्यक्ति संविधानले कल्पना गरेको जस्तो काम गर्न सकोस् । मलाई दल भन्दा बाहिरको मान्छे हजम भएको छैन । अब राष्ट्रपति हुनको लागि कुनै कुलमा जन्मिनु पर्दैन ।’

सांसद नेम्वाङले सभामुखले सबैसँग सहकार्य गरेर सबैको विश्वास लिएर अघि बढ्नुपर्ने बताउनु भयो ।