२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घिमिरेलाई बधाई दिँदै ईश्वरीले भनिन्- दलको सभामुख नभइदिनुस्



अ+ अ-

काठमाडौं । सभामुखमा पराजित नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई सिंगो संसदको अभिभावक हुन आग्रह गरेकी छन् ।

बिहीवार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरुसँगको प्रतिक्रियामा न्यौपानेले सभामुख घिमिरेलाई बधाई दिँदै दलको सिंगो छायाँ सभामुखमा नपरोस् भनेर कामना गरेकी हुन् ।

उनले भनिन्, ‘निर्वाचनमा सांसद निर्वाचन हुँदै गर्दा कुनै पार्टीको रहन्छ । जब सभामुख निर्वाचित हुन्छ कुनै पार्टीको रहँदैन । सिंगो संसदको नेता हो । सरकारलाई संसदप्रति उतरदायी बनाउने कर्तव्य सभामुखको हो । संसदले पनि सरकारलाई सहयोग गर्ने वातावरणको सिर्जना गर्ने पनि समन्वयकारी भूमिका निभाउनुपर्ने हुन्छ ।,’उनले भनिन्, ‘तर हामीले २०७४ सालमा तितो अनुभव हामीले भोग्यौं । मलाई लागेको थियो म निर्वाचित भएर गए भने त्यो समन्वयकारी भूमिका खेल्न सक्छु । अंकगणितीय खेलले गर्दा मेरो पक्षमा आएन । मैले सभामुख देवराज घिमिरेलाई बधाई पनि दिए । मैले अपेक्षा गरेको दलको सिंगो छायाँ सभामुखमा नपरोस् । कुनै दल विशेषको सभामुख नभइदिनुस् । सिंगो संसदको अभिभावक भइदिनुस् ।मेरो शुभकामना छ।’

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा ९एमाले० का सांसद देवराज घिमिरेको पक्षमा १६७ मत परेको थियो । उनको विपक्षमा भने १०० मत परेको थियो ।