२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

घिमिरेलाई बधाई दिँदै ईश्वरीले भनिन्- दलको सभामुख नभइदिनुस्



अ+ अ-

काठमाडौं । सभामुखमा पराजित नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई सिंगो संसदको अभिभावक हुन आग्रह गरेकी छन् ।

बिहीवार प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरुसँगको प्रतिक्रियामा न्यौपानेले सभामुख घिमिरेलाई बधाई दिँदै दलको सिंगो छायाँ सभामुखमा नपरोस् भनेर कामना गरेकी हुन् ।

उनले भनिन्, ‘निर्वाचनमा सांसद निर्वाचन हुँदै गर्दा कुनै पार्टीको रहन्छ । जब सभामुख निर्वाचित हुन्छ कुनै पार्टीको रहँदैन । सिंगो संसदको नेता हो । सरकारलाई संसदप्रति उतरदायी बनाउने कर्तव्य सभामुखको हो । संसदले पनि सरकारलाई सहयोग गर्ने वातावरणको सिर्जना गर्ने पनि समन्वयकारी भूमिका निभाउनुपर्ने हुन्छ ।,’उनले भनिन्, ‘तर हामीले २०७४ सालमा तितो अनुभव हामीले भोग्यौं । मलाई लागेको थियो म निर्वाचित भएर गए भने त्यो समन्वयकारी भूमिका खेल्न सक्छु । अंकगणितीय खेलले गर्दा मेरो पक्षमा आएन । मैले सभामुख देवराज घिमिरेलाई बधाई पनि दिए । मैले अपेक्षा गरेको दलको सिंगो छायाँ सभामुखमा नपरोस् । कुनै दल विशेषको सभामुख नभइदिनुस् । सिंगो संसदको अभिभावक भइदिनुस् ।मेरो शुभकामना छ।’

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा ९एमाले० का सांसद देवराज घिमिरेको पक्षमा १६७ मत परेको थियो । उनको विपक्षमा भने १०० मत परेको थियो ।