२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमान दुर्घटनाको वेदना: सुदूरको ठाडी भाकामा



तस्बिरः रासस
अ+ अ-

महेन्द्रनगर । पोखरा बस्साकी, काठमामाणडौँ है उडाइ लैग्यो, पोखरा बस्साकी
सेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।।
छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र
उसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्र
बादलभित्र लैग्यो, दुई फन्का पशुपति लायो, बादलभित्र लैग्यो ।
सम्झानामा रहीगया, मान्छे बाईगया, फोटो मात्रै सम्झनामा रैग्या ।
बनाइदियो खाग लासै पनि नचिनिन्या बनाइदियो खाग ।
धर्मी महिनाना माघ, आँशुका नौधरा बग्या धर्मी महिना माघ ।।

चार दिनअघि मुलुक नै शोकमा डुबाउने गरी पोखरामा भएको विमान दुर्घटनाको बेदना सुदूरपश्चिमका देउडा गायक भोजराज भट्टले ठाडी भाकामा गीत सार्वजनिक गर्नुभएको छ ।

आफुले जहाज दुर्घटनामा परी ज्यान गुमाएकाप्रति सुदूरपश्चिमको ठाडी भाकामाश्रद्धाञ्जली दिएको उहाँले बताउनुभयो । बुधबार राति युट्युवमार्फत भाका सार्वजनिक गर्नुभएका भट्टले गीत गाउनुका साथै आफूले लय दिएको समेत बताउनुभयो ।

सुदूरपश्चिमकै गायक भानुभक्त जोशीले शब्द सङ्कलन गर्नुभएको हो । गीतमा दुर्घटनामा ज्यान गुमाउनुभएका कञ्चनपुरको महेन्द्रनगरका सुस्मा पाण्डेय भट्ट र उहाँका १५ वर्षीय छोरा स्लकलाई समेतसम्झिनुभएको छ ।

“यो साङ्गीतिक क्षेत्रमा चर्चा कमाउनभन्दा पनि मुलुक शोकमा डुबेका बेला वेदना र यथार्थ पस्किएका भन्नुहुदै हवाई यात्रा असुरक्षित बन्दै गएको विषय गीतमा समेटेको छु ।” उहाँले भन्नुभयो ।

उहाँले विसं २०५२ मा सुदूरपश्चिमको सेतीमा बस दुर्घटना हुँदा उहाँले वियोगान्त गीत सार्वजनिक गरेको स्मरण गर्नुभयो । “शोकका बेला मैले ल्याएको यो तेस्रो गीत हो”, देउडा गायक भट्टले भन्नुभयो, “ठाडीमा रमाइलो गीतभन्दा पनि दुःख वेदनाको विषय मात्रै समावेश हुन्छ ।”

कालको खोल भयो नेपालको जहाजको यात्रा कालको खोल भयो ।
रगतको झोलको सेतीका माछाकी लेखा रगतको झोल भयो ।।
संसारै रुवायै, कठैदैव तेरो लिला संसारै रुवाए ।
एमराज खुवाए, एकैचिता इतिजना एमराज खुवाए ।।

यती एयरलाइन्सको विमान दुर्घटनामा परी ७२ जनाको ज्यान गएको थियो । अहिले शव आफन्तको जिम्मा लगाउनेक्रम सकिएको छैन् । सोही विमानमा सवार महेन्द्रनगरका आमा/छोराको शव अझै आफन्तले पाउन सकेका छैनन् ।

सेलीरोटी खानाको नहरीको कालो काग सेलरोटी खानाको ।
बहत्तर जनाको एकैच्याहान क्याइबनाए, बहत्तर जनाको ।।
गाइकालै साथ आमा–छोरा कञ्चनपुरका गाइकालै साथ ।
दिउँसै पडि रात, बाटो कु¥या घरपरिवार दिउँसै पडि रात ।।

गायक भट्टले राति अपलोड गरेको उक्त भाकालाई हालसम्म ५८ हजार बढीले युट्युवमा हेरिसकेका छन् । गीत सुनेकाले दुःखद घडीमा मार्मिक सिर्जना गरेको भन्दै गायकको प्रशंसासमेत गरेका छन् । रासस




भर्खरै