२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले माछा पर्छ भनेर ढोक्सा थापिरहेको छैन: विश्वप्रकाश शर्मा(भिडियोसहित)



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सो नथापेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सभामुख पदका लागि कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेको प्रस्तावकका रुपमा बोल्दै कांग्रेसले ढोक्सा थापेर माछा पार्ने प्रयास नगरेको बताउनुभयो । उहाँले बरु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई कसिलो पिँजडामा राख्न खोजेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “म मेरै जिल्लाका श्रद्धेय नेताले माछा र ढोक्साको कथा सुनाएर कांग्रेसलाई ढोक्सा नथाप्न सुझाव दिनुभएको स्मरण गर्छु । कांग्रेसले माछा पर्छ भनेर ढोक्सा थापिरहेको छैन । बरु तपाईंले माछा पर्ने पिँजडा कसिलो पार्नुभएको छ । आफू प्रधानमन्त्री हुँदा आफ्नै अर्का अध्यक्षको उच्चस्तरीय संयन्त्रको प्रस्ताव अस्वीकार गर्ने तपाईं आज त्यही संयन्त्रमार्फत प्रधानमन्त्रीलाई पिँजडामा राख्दै हुनुहुन्छ ।”

सांसद शर्माले राष्ट्रपति र सभामुखमा कांग्रेसको दाबी रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीलाई विश्वासको मत दिइरहँदा नेपाली कांग्रेसलाई अध्यक्ष ओलीले ढोक्सामा माछा पार्न खोजेको भनी व्यङ्ग्य गर्नुभएको थियो ।

तस्बिर :रत्न श्रेष्ठ-रासस