२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले माछा पर्छ भनेर ढोक्सा थापिरहेको छैन: विश्वप्रकाश शर्मा(भिडियोसहित)



file
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सो नथापेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सभामुख पदका लागि कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेको प्रस्तावकका रुपमा बोल्दै कांग्रेसले ढोक्सा थापेर माछा पार्ने प्रयास नगरेको बताउनुभयो । उहाँले बरु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई कसिलो पिँजडामा राख्न खोजेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “म मेरै जिल्लाका श्रद्धेय नेताले माछा र ढोक्साको कथा सुनाएर कांग्रेसलाई ढोक्सा नथाप्न सुझाव दिनुभएको स्मरण गर्छु । कांग्रेसले माछा पर्छ भनेर ढोक्सा थापिरहेको छैन । बरु तपाईंले माछा पर्ने पिँजडा कसिलो पार्नुभएको छ । आफू प्रधानमन्त्री हुँदा आफ्नै अर्का अध्यक्षको उच्चस्तरीय संयन्त्रको प्रस्ताव अस्वीकार गर्ने तपाईं आज त्यही संयन्त्रमार्फत प्रधानमन्त्रीलाई पिँजडामा राख्दै हुनुहुन्छ ।”

सांसद शर्माले राष्ट्रपति र सभामुखमा कांग्रेसको दाबी रहेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्रीलाई विश्वासको मत दिइरहँदा नेपाली कांग्रेसलाई अध्यक्ष ओलीले ढोक्सामा माछा पार्न खोजेको भनी व्यङ्ग्य गर्नुभएको थियो ।

तस्बिर :रत्न श्रेष्ठ-रासस