१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेमकिपालाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने सुवालको माग(भिडियोसहित)



फाईल फोटो
अ+ अ-
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नेमकिपालाई संसद्मा प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग गर्नुभएको छ ।
बैठकमा विशेष समय लिएर बोल्दै उहाँले गत पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो दल नेमकिपा भएकाले प्रमुख प्रतिपक्षी दलको घोषणा गर्न माग गर्नुभयो ।
उहाँका अनुसार कानूनी व्यवस्थाबमोजिम नेमकिपा प्रमुख प्रतिपक्षी दल हो । उहाँले संघीय कानूनअन्ुसार विपक्षी दल तोकेर मात्र संसद् चलाउन आग्रह गर्नुभयो । सत्ता पक्षलाई विश्वासको मत दिने दल प्रमुख प्रतिपक्षी दल बन्न नसक्ने उहाँको जिकिर थियो ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको कुर्सी छाड्न नचाहने हो भने नेपालमा पश्चिमी शैलीको संसदीय व्यवस्थाको अन्त्य भएको उहाँको भनाइ थियो । उहाँले पूर्वी शैलीको राजनीतिक प्रणाली अवलम्बन गरिएको घोषणा गर्न पनि माग गर्नुभयो ।
https://youtu.be/kd0F2pWjkrg