२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेमकिपालाई प्रमुख प्रतिपक्षी दल घोषणा गर्नुपर्ने सुवालको माग(भिडियोसहित)



फाईल फोटो
अ+ अ-
काठमाडौँ । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले नेमकिपालाई संसद्मा प्रमुख प्रतिपक्षी दल घोषणा गर्न माग गर्नुभएको छ ।
बैठकमा विशेष समय लिएर बोल्दै उहाँले गत पुस २६ गते प्रधानमन्त्रीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो दल नेमकिपा भएकाले प्रमुख प्रतिपक्षी दलको घोषणा गर्न माग गर्नुभयो ।
उहाँका अनुसार कानूनी व्यवस्थाबमोजिम नेमकिपा प्रमुख प्रतिपक्षी दल हो । उहाँले संघीय कानूनअन्ुसार विपक्षी दल तोकेर मात्र संसद् चलाउन आग्रह गर्नुभयो । सत्ता पक्षलाई विश्वासको मत दिने दल प्रमुख प्रतिपक्षी दल बन्न नसक्ने उहाँको जिकिर थियो ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलको कुर्सी छाड्न नचाहने हो भने नेपालमा पश्चिमी शैलीको संसदीय व्यवस्थाको अन्त्य भएको उहाँको भनाइ थियो । उहाँले पूर्वी शैलीको राजनीतिक प्रणाली अवलम्बन गरिएको घोषणा गर्न पनि माग गर्नुभयो ।
https://youtu.be/kd0F2pWjkrg