३ माघ २०८१, बिहीबार
,
Latest
आज गण्डकी, कर्णाली र सुदूरपश्चिममा पानी पर्ने सम्भावना आजका लागि विदेशी मुद्राको विनिमय दर कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन नर्थ लण्डन डर्बी: आर्सनलले टोटेनहमलाई हरायो अधिकारकर्मी ज्योति बानियाँले भने– वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेमाथि अदालतले हस्तक्षेप गरोस् सर्वोच्च अदालतले खारेज गर्‍यो निकुञ्ज र आरक्षमा विकास आयोजनाको अनुमति दिने कानुन पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य बढ्यो शुद्ध खानेपानी तथा सरसफाईको क्षेत्रमा आवश्यक सहयोग गर्न मन्त्री यादवको आग्रह धरौटी बुझाएर रिहा भए रवि लामिछाने सुशासन र विकासका लागि सहमतिमै अध्यादेशहरु ल्याइएको होः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न माग(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाका सम्बन्धमा ‘रुलिङ’ गर्न सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकको प्रारम्भमै समय माग गर्दै सभामुखमार्फत सो माग गर्नुभएको हो ।

उहाँले मुलुकमा ठूलो पीडा भएको यस घटनाका सम्बन्धमा सरकारका तर्फबाट उक्त विषयमा भनाई प्रस्तुत हुने अपेक्षा गर्नुभयो । नेता लेखकले बैठकको कार्यसूची पछि सारेर भए पनि विमान दुर्घटनाका सम्बन्धमा सरकारको धारणाबारेमा माग गर्नुभयो । सदनप्रति सरकार उदासिन रहन नसक्ने जनाउँदै उहाँले सभामुखमार्फत रुलिङ गर्न आग्रह गर्नुभयो ।