२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री भेट्न पौडेल बालुवाटारमा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डलाई भेट्न पौडेल बिहीबार बिहान बालुवाटार गएका हुन् ।

सभामुख चयनका लागि बैठक बस्नुभन्दा अघि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता पौडेलबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको बताइएको छ ।

अहिले बिहान ११ बजे प्रतिनिधिसभा बैठक बस्दैछ । सभामुख पदका लागि सत्ता साझेदार दलबाट नेकपा एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसलगायत दलबाट सांसद ईश्वरीदेवी न्यौपाने उम्मेदवार छन् ।