२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्ज भन्सारको राजस्व असुली घट्दै



अ+ अ-

नेपालगञ्ज । एक वर्षदेखि ओरालो लागेको नेपालगञ्ज भन्सारको राजस्व असुली यस वर्षको पुस मसान्तसम्म कायमै छ ।

आर्थिक वर्ष २०७८/७९ को साउन र असोजमा मात्र लक्ष्य प्राप्त गरेको नेपालगञ्ज भन्सार कार्यालयले त्यसपछि आफ्नो निर्धारित लक्ष्य भेटाउन सकेको छैन । भन्सार राजस्व असुलीमा गत वर्ष साउनमा १३१ दशमलव ४८ प्रतिशत लक्ष्य रहेकामा भन्सारले चालु आर्थिक वर्षको साउनमा लक्ष्यको ७५ दशमलव ७१ प्रतिशत मात्रै असुली गर्न सफल भएको छ । सो कार्यालयको भन्सार राजस्व असुली चालु आर्थिक वर्षमा लक्ष्यभन्दा कम देखिएको छ ।

चालु आव २०७९/८० को साउनमा रु एक अर्ब ७८ करोड पाँच लाख लक्ष्य पाएको भन्सारले जम्मा रु एक अर्ब ३५ करोड चार लाख र भदौमा रु दुई अर्ब २३ करोड ३६ लाख लक्ष्य पाएकामा रु एक अर्ब ४३ करोड ४९ लाख राजस्व असुली गरेको भन्सार अधिृत तथा सूचना अधिकारी डिल्लीप्रसाद शर्माले जानकारी दिनुभयो । यो लक्ष्यको ६४ दशमलव २५ प्रतिशत हो ।

चालु आवको असोजमा भन्सार असुली घटेर लक्ष्यको ५५ प्रतिशतभन्दा कममा झरेको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार, असोजमा रु दुई अर्ब ३४ करोड १९ लाख राजस्व असुलीको लक्ष्य राखिएकामा रु एक अर्ब २८ करोड ४८ लाख ९५४ दशमलव ८७ प्रतिशत० मात्रै राजस्व असुली भएको छ ।

मङ्सिरमा नेपालगञ्ज भन्सारले लक्ष्यको ५५ दशमलव २१ प्रतिशत मात्रै लक्ष्य हासिल गरेको छ । भन्सारले रु दुई अर्ब ४९ करोड ५० लाख लक्ष्य पाएकामा रु एक अर्ब ३७ करोड ७४ लाख राजस्व सङ्कलन गरेको शर्माले बताउनुभयो । पुसमा रु दुई अर्ब ६७ करोड छ लाख लक्ष्य निर्धारण गरिएकामा रु एक अर्ब ५० करोड ८० लाख राजश्व सङ्कलन गरेको छ । यो लक्ष्यको ५६ दशमलव ३० प्रतिशत हो । नेपालगञ्ज भन्सारले आव २०७८/७९ मा रु २५ करोड २१ लाख छ लाख लक्ष्य पाएकामा रु २२ अर्ब ३१ करोड २६ लाख भन्सार राजस्व असुल गरेको थियो । यो लक्ष्यको ८८ दशमलव ५१ प्रतिशत हो ।

चालु आव २०७९/८० का लागि अघिल्लो आव २०७८/७९ मा भन्दा रु चार अर्ब बढी लक्ष्य नेपालगञ्ज भन्सारले पाएको छ । अघिल्लो आवमा रु २५ अर्ब राजस्व असुलीमा असफल नेपालगञ्ज भन्सारलाई थप रु चार अर्ब बढी थपेर चालु आवका लागि लक्ष्य निर्धारण गरिएको हो । भन्सारले चालु आव २०७९/८० मा रु २९ अर्ब ३२ करोड ९५ लाख लक्ष्य निर्धारण गरेको हो । आव २०७८/७९ मा भन्सारले रु २५ करोड २१ लाख छ लाख लक्ष्य पाएको थियो । सरकारको आयात र निर्यात नीतिले यसलाई प्रभावित गरेको हुनसक्ने भन्सार अधिृत शर्माको भनाइ छ । रासस