२१ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान सरकारले मनोमानी गर्न सक्दैन : लक्ष्मणलाल कर्ण



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षिय नेता लक्ष्मणलाल कर्णले विपक्षी मजबुद भएको कारणले वर्तमान सरकारले मनोमानी गर्न नसक्ने बताउनुभयो । 

जसपाले सरकारलाई विश्वासको मत दिने नदिने भन्ने संसदीय दलको बैठकले निर्णय गर्ने  उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘विपक्षी मजबुत भएको कारणले सरकारलाई मनोमानी गर्ने, जथाभावी गर्ने अवस्थाको श्रृजना हुदैन ।  यो सरकार चलाउन निश्चित रुपबाट चुनौति हो । अवसर पनि छ चुनौति पनि छ । हामिले अहिले विश्वासको मत दिन गईरहेका छैनौं । तर भोली संसदीय दलको बैठक हुन्छ निर्णय गर्ला ।’