काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको महन्थ ठाकुर पक्षिय नेता लक्ष्मणलाल कर्णले विपक्षी मजबुद भएको कारणले वर्तमान सरकारले मनोमानी गर्न नसक्ने बताउनुभयो ।
जसपाले सरकारलाई विश्वासको मत दिने नदिने भन्ने संसदीय दलको बैठकले निर्णय गर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘विपक्षी मजबुत भएको कारणले सरकारलाई मनोमानी गर्ने, जथाभावी गर्ने अवस्थाको श्रृजना हुदैन । यो सरकार चलाउन निश्चित रुपबाट चुनौति हो । अवसर पनि छ चुनौति पनि छ । हामिले अहिले विश्वासको मत दिन गईरहेका छैनौं । तर भोली संसदीय दलको बैठक हुन्छ निर्णय गर्ला ।’