काठमाडौं । तपाईंले दूधको चिया, कालो चिया वा कागती हालेको चिया त धेरैपटक पिउनुभएको होला । आज हामी तपाईंलाई भाङको चियाका बारेमा बताउँदैछौं ।
भाङको चिया स्वास्थ्यका लागि धेरै लाभदायक छ । यसमा एन्टीअब्सिडेन्ट, भिटामिन, पोटेसियम, म्याग्नेसियम, मिनरल र फाइबर जस्ता गुण भरपूर हुन्छन् । यो जोइन्टको पीडा तथा डिप्रेसनका लागि रामवाण उपचार हो ।
सीमित मात्रामा भाङ खाँदा स्वास्थ्यलाई राम्रो गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । यसलाई चिया बनाएर पिउँदा उत्तम हुन्छ । यसले दुखाइ, वाकवाकी र चिन्ता हटाउन मद्दत गर्छ किनकि यसमा भिटामिन, पोषक तत्त्व र एन्टीअक्सिडेन्ट गुण हुन्छन् ।
यसरी बनाउनुस् भाङ चिया
भाङ एक ग्राम
पानी एक लिटर
तुलसीका पात
क्रिम एक चम्चा
विधि : पहिला पानी उमाल्नुस् । त्यसपछि पानीमा भाङ र तुलसीको पात मिसाएर लगभग १५ मिनेट फेरि उमाल्नुस् । त्यसपछि छान्नेमा हालेर भाङलाई छुट्टै राख्नुस् । अब त्यो झोलमा एक चम्चा क्रिम मिसाए पनि हुन्छ ।
दिनको एक कप मात्र पिउने गर्नुस् ।
यसले पुरानो दुखाइ, वाकवाकी, गठिया, तनाव र चिन्ता, फोक्सोको समस्या, मुटुरोग जस्ताबाट मुक्ति दिन्छ ।