२६ आश्विन २०८१, शनिबार
,
Latest
काभा भलिबलको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्ने कलाकार पौडेलले बनाउनुभयो ‘आवरण यूनिकोड’ दसैँ घुमफिरः पर्यटक लोभ्याउने यी मोहिनी गाउँ दसैँको अघिल्लो दिन बाध्यतामा मुलुक छाड्नेहरु… दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा टीकाको अघिल्लो दिन जब छोराको शव आयो… मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी बनाउन सकिन्छ भाङको चिया, यस्ता छन् यसका विशेषता !



अ+ अ-

काठमाडौं । तपाईंले दूधको चिया, कालो चिया वा कागती हालेको चिया त धेरैपटक पिउनुभएको होला । आज हामी तपाईंलाई भाङको चियाका बारेमा बताउँदैछौं । 

भाङको चिया स्वास्थ्यका लागि धेरै लाभदायक छ । यसमा एन्टीअब्सिडेन्ट, भिटामिन, पोटेसियम, म्याग्नेसियम, मिनरल र फाइबर जस्ता गुण भरपूर हुन्छन् । यो जोइन्टको पीडा तथा डिप्रेसनका लागि रामवाण उपचार हो । 

सीमित मात्रामा भाङ खाँदा स्वास्थ्यलाई राम्रो गर्ने विभिन्न अध्ययनहरूले देखाएका छन् । यसलाई चिया बनाएर पिउँदा उत्तम हुन्छ । यसले दुखाइ, वाकवाकी र चिन्ता हटाउन मद्दत गर्छ किनकि यसमा भिटामिन, पोषक तत्त्व र एन्टीअक्सिडेन्ट गुण हुन्छन् । 

यसरी बनाउनुस् भाङ चिया
भाङ एक ग्राम
पानी एक लिटर
तुलसीका पात
क्रिम एक चम्चा

विधि : पहिला पानी उमाल्नुस् । त्यसपछि पानीमा भाङ र तुलसीको पात मिसाएर लगभग १५ मिनेट फेरि उमाल्नुस् । त्यसपछि छान्नेमा हालेर भाङलाई छुट्टै राख्नुस् । अब त्यो झोलमा एक चम्चा क्रिम मिसाए पनि हुन्छ । 
दिनको एक कप मात्र पिउने गर्नुस् । 

यसले पुरानो दुखाइ, वाकवाकी, गठिया, तनाव र चिन्ता, फोक्सोको समस्या, मुटुरोग जस्ताबाट मुक्ति दिन्छ ।