५ श्रावण २०८३, मंगलवार
,
Latest
बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने नेपाल टेलिकमद्वारा हुम्ला, नुवाकोट, रसुवा र बाराका दुर्गम तथा सीमावर्ती क्षेत्रमा टुजी र फोरजी सेवा… नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : नेता पुन कृषि र उद्योगमन्त्रीबीच मन्त्रालयका काममा समन्वय गर्नेबारेमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

कैलालीकी सांसद न्यौपाने कांग्रेस केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । पार्टी सभापति शेरबहादुर देउवा निकट न्यौपानेले लामो समय महिल संघमा काम गर्नुभएको थियो । साथै उहाँ महिला विभाग प्रमुखसमेत हुनुहुन्थ्यो ।

यसअघि बुधबार कांग्रेस पदाधिकारीको बैठक तथा संसदीय दलको बैठकले सभामुखमा न्यौपानेलाई उठाउने निर्णय गरेको थियो ।

संघीय संसद् सचिवालयले सभामुखको मनोनयन दर्ताको समय बुधबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकेको छ । मतदान बिहीबार हुनेछ ।
सभामुख चयनका लागि बिहीबार बिहान ११ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।

कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदका लागि संसद्मा प्रतिपक्षी दलहरुबाट समर्थन जुटाउने तयारी गरेको छ । यसका लागि कांग्रेसले जनता समाजवादी पार्टी (जसपा)) , नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग छलफल गर्ने भएका हो ।

प्रतिनिधिसभामा कांग्रेसका ८९, जसपाका १२, एकीकृत समाजवादीका १० र लोसपाका ४ जना सांसद छन्।