२० मंसिर २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखमा उम्मेदवारी दिनुअघि प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गर्दै कांग्रेस



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि संसद्मा प्रतिपक्षी दलहरुसँग छलफल गर्ने भएको छ ।

कांग्रेसले जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग छलफल गर्ने भएका हो ।

कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने तयारी गरेको छ । कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएका तर सरकारमा सहभागी नभएका दलहरुको मोर्चा बनाउने तयारी गरेको बताइएको छ ।

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको थियो । त्यस्तै नेपाली कांग्रेसले मधेश प्रदेशमा जसपाबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।