२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

श्रीलङ्कामा इस्टर बम विस्फोटमा पुलिस र रक्षा प्रमुखलाई सफाइ

श्रीलङ्कामा इस्टर बम विस्फोटमा पुलिस र रक्षा प्रमुखलाई सफाइ
अ अ+ अ-

कोलम्बो । श्रीलङ्काको उच्च अदालतले सन् २०१९ मा इस्टर सन्डे बम विष्फोटलाई रोक्न असफल भएकोमा ‘मानवता विरुद्धको अपराध’ को आरोपमा दुई शीर्ष अधिकारीलाई शुक्रबार सफाइ दिएको छ । सो बमा विष्फोटमा २७९ को ज्यान गएको थियो । 

स्थानीय जिहादीहरूले अप्रिल २०१९ मा आत्मघाती बम विष्फोट गर्ने योजना बनाएका थिए भन्ने भारतीय खुफिया एजेन्सीको प्रारम्भिक चेतावनीमा कार्य गर्न असफल भएकोमा राज्यले नोभेम्बरमा दुई जनालाई अभियोग लगाएको थियो।

तीन न्यायाधीशको इजलासले तत्कालीन रक्षा मन्त्रालयका सचिव हेमासिरी फर्नान्डो र तत्कालीन प्रहरी महानिरीक्षक पुजित जयसुन्दराविरुद्धका सबै ८५५ आरोप खारेज गरेको छ।

अदालतका एक अधिकारीका अनुसार न्यायाधीशहरूले सर्वसम्मत निर्णयमा संदिग्धहरूलाई निर्दोष करार गरे र प्रतिरक्षाका साक्षीहरू नबोलाई उनीहरूलाई छोडिदिए।

आक्रमणकारीहरुले राजधानीका तीनवटा गिर्जाघर र तीनवटा होटेललाई निशाना बनाएका थिए । विष्फोटमा ४५ विदेशीसहित २७९ जना मारिएका थिए भने ५०० भन्दा बढी घाइते भएका थिए। सो विष्फोट स्वदेशी इस्लामिक चरमपन्थी समूहले गरेको बताइएको छ । 

फर्नान्डो र जयसुन्दरा २०१९ मा पक्राउ परेका थिए र जमानतमा रिहा हुनुअघि चार महिना हिरासतमा रहेका थिए। प्रहरीको १५५ वर्षको इतिहासमा जयसुन्दरा पक्राउ पर्ने सबैभन्दा वरिष्ठ प्रहरी अधिकारी हुन् ।

तत्कालीन मुख्य अभियोजक डप्पुला डे लिभेराले अदालतसामु दुई शीर्ष अधिकारीको ‘लापरवाही’ ‘मानवता विरुद्धको गम्भीर अपराध’ हो भन्दै उनीहरूमाथि हत्याको आरोप लगाएका थिए।

तल्लो अदालतले पहिले उनीहरूलाई हत्याको आरोप लगाउन अस्वीकार गरेको थियो किनभने अभियोजकहरूले बमवर्षकहरूसँग कुनै सम्बन्ध वा उद्देश्य स्थापित गर्न सकेका थिएनन् ।

बम विष्फोट हुनुभन्दा झण्डै तीन साताअघि अप्रिल ४ मा भारतीय गुप्तचरले पहिलोपटक चेतावनी दिएको थियो। इस्लामिक स्टेट समूहले आक्रमणकारीहरूलाई समर्थन गरेको बताएको छ।

स्थानीय मुस्लिम समूहहरूले पनि आत्मघाती बम विष्फोटको नेतृत्व गर्ने कट्टरपन्थी धर्मगुरु जाहरान हाशिमले दिएको खतराबारे प्रहरी र गुप्तचर निकायहरूलाई सचेत गराएका थिए।

जयसुन्दरा र फर्नान्डोले संसदीय छानबिनमा तत्कालीन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बम विष्फोट हुनुअघि राष्ट्रिय सुरक्षा खतराहरूको मूल्याङ्कन गर्न स्थापित प्रोटोकलहरू पालना गर्न असफल भएको बयान दिएका थिए।

उनीहरूले रक्षा, कानून र व्यवस्थामन्त्री समेत रहेका राष्ट्रपति सिरिसेनाले धम्कीलाई गम्भीरतापूर्वक नलिएको आरोप लगाएका थिए । 

श्रीलङ्काको रोमन क्याथोलिक चर्चले यस टापुमा चरमपन्थी आक्रमणहरू अन्त्य गर्ने वाचा गर्दै नोभेम्बर २०१९ मा सत्तामा आएका उनका उत्तराधिकारी गोटाबाया राजपक्षेका प्रमुख सहयोगी सिरिसेना विरुद्ध कारबाही गर्न दबाब दिइरहेको छ। एएफपी