३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले ओमानलाई दियो ११८ रनको चुनौती, नेपालको कसिलो बलिङ



अ+ अ-

काठमाडौंः आइसिसी टी–२० विश्वकप क्रिकेट छनौट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले ओमानलाई जितका लागि ११८ रनको मध्यम चुनौती दिएको छ ।

इएसपिएनका अनुसार, ओमानको अल अमिरात खेल मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

नेपालका लागि आरिफ सेखले ३८, लोकेश बमले १६, कप्तान सन्दिप लामिछानेले १६ तथा ज्ञानेन्द्र मल्लले १५ रन बनाएका थिए । अन्य खेलाडीहरु कुशल भुर्तेलले ५, आसिफ सेखले ४, दिपेन्द्र सिंह ऐरीले ११, बिबेक यादवले ७, कमल ऐरीले १ रन बनाएर आउट भएका थिए ।

नेपालले स्कोरबोर्डमा ६ रन हुँदा आसिफ सेखलाई गुमाएको थियो भने १२ रनमा कुशल भुर्तेल, ३३ रन हुँदा ज्ञानेन्द्र मल्ल, ४० रन हुँदा दिपेन्द्र सिंह ऐरीलाई गुमाएर शुरु देखि नै नेपाली टिम दबाबमा परेको थियो ।

ओमानका लागि खबार अलिले ३ र बिलाल खानले २ विकेट लिएका थिए ।

जवाफमा ब्याटिङ गरिरहेको ओमान पनि नेपाली बलरहरु सामु खुलेर खेल्न सकेको छैन । ओमानले पाँच ओभरभित्रै ३ विकेट गुमाइसकेको छ ।

यो समाचार तयार पार्दासम्म ६.३ ओभरमा ४ विकेट गुमाएर ३१ रन बनाएको छ ।

नेपाली बलर जितेन्द्र मुखियाले १, कमल ऐरीले १ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिएका थिए । एक विकेट रन आउटका रुपमा प्राप्त भएको थियो ।