१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले ओमानलाई दियो ११८ रनको चुनौती, नेपालको कसिलो बलिङ



अ+ अ-

काठमाडौंः आइसिसी टी–२० विश्वकप क्रिकेट छनौट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले ओमानलाई जितका लागि ११८ रनको मध्यम चुनौती दिएको छ ।

इएसपिएनका अनुसार, ओमानको अल अमिरात खेल मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

नेपालका लागि आरिफ सेखले ३८, लोकेश बमले १६, कप्तान सन्दिप लामिछानेले १६ तथा ज्ञानेन्द्र मल्लले १५ रन बनाएका थिए । अन्य खेलाडीहरु कुशल भुर्तेलले ५, आसिफ सेखले ४, दिपेन्द्र सिंह ऐरीले ११, बिबेक यादवले ७, कमल ऐरीले १ रन बनाएर आउट भएका थिए ।

नेपालले स्कोरबोर्डमा ६ रन हुँदा आसिफ सेखलाई गुमाएको थियो भने १२ रनमा कुशल भुर्तेल, ३३ रन हुँदा ज्ञानेन्द्र मल्ल, ४० रन हुँदा दिपेन्द्र सिंह ऐरीलाई गुमाएर शुरु देखि नै नेपाली टिम दबाबमा परेको थियो ।

ओमानका लागि खबार अलिले ३ र बिलाल खानले २ विकेट लिएका थिए ।

जवाफमा ब्याटिङ गरिरहेको ओमान पनि नेपाली बलरहरु सामु खुलेर खेल्न सकेको छैन । ओमानले पाँच ओभरभित्रै ३ विकेट गुमाइसकेको छ ।

यो समाचार तयार पार्दासम्म ६.३ ओभरमा ४ विकेट गुमाएर ३१ रन बनाएको छ ।

नेपाली बलर जितेन्द्र मुखियाले १, कमल ऐरीले १ तथा कप्तान सन्दीप लामिछानेले १ विकेट लिएका थिए । एक विकेट रन आउटका रुपमा प्राप्त भएको थियो ।