१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्याउने आफ्नो प्राथमिकता– सञ्चारमन्त्री शर्मा



अ+ अ-

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सहज पहुँचमा सञ्चार तथा सूचना प्रविधिलाई पुर्याउनु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।

मन्त्री पदको सपथ लिएपछि मंगलबार मन्त्रालयमा पदबहाली गर्दै उहाँले जनताको सहज पहुँचमा सञ्चार र सूचना प्रविधिलाई पुर्याउने बताउनुभयो ।

हरेक नागरिककहाँ सूचना प्रविधि सहज र सुलभ ढंगले पुग्नुपर्नेमा जोड दिँदै उहाँले सार्वजनिक संस्थाहरुमा सहज ढंगले सञ्चार र प्रविधिको प्रयोग हुन नसकेकाले समस्या परेको उल्लेख गर्नुभयो । सार्वजनिक संस्थाहरुलाई प्रविधिमैत्री बनाइनुपर्ने उहाँको भनाइ थियो ।