• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण ★   कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा काठमाडौँका मेयर बालेन ★   अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली ★   जब शुभमन गिलले अभिषेक शर्माको आमाको पाउ छोए ★   बैंगलोर र चेन्नईको खेलमा वर्षा भएपनि आधा घण्टामा मैदान सुकाइने ★   मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने ★   गृहमन्त्री संलग्न सहकारीहरुको नाम तोकेर छानविन समिति बनाऔँ: सांसद पाण्डे

कैलालीका एक युवकको भारतको महाराष्ट्रमा हत्या



(सांकेतिक तस्बिर)

लम्की । कैलालीको लम्कीचुहा–६ वावनपुरका एक युवकको भारतको महाराष्ट्रमा हत्या भएको छ । रोजगारीको सिलसिलामा भारत महाराष्ट्रको आलिबागमा बस्दै आउनुभएका १८ वर्षीय कमल विकको आफ्नै साथीहरुले हत्या गरेको आशङ्का गरिएको मृतककी आमा पार्वती कामीले बताउनुभयो ।

गत पुस २६ गते रोजगारीको सिलसिलामा भारतको आलिबागमा रहेका छोराको बीभत्स हत्या गरिएको भन्दै आमा उहाँले वावनपुर घर भई आलिबागमा बस्दै आएका सागर विक, टोपु विक, मनोज विक र सन्तोष बादीको नाममा किटानी जाहेरी दिनाका साथै यही माघ १ गते भारतको महाराष्ट्र राईगढ जिल्ला आलिबाग ठाना प्रहरीमा पनि उजुरी दिएको बताउनुभयो । हत्यामा संलग्न टोपु विक र मनोज विक सहोदर दाजुभाइ हुन् । छोराको मृत्युको खबर सुनेपछि गत पुस २७ गते नेपालबाट आफू भारत गएको र हत्या नै भएको पुष्टि भएपछि किटानी जाहेरी दिएको पार्वतीले जनाउनुुभयोे ।

उहाँले भन्नुभयो, “छोरासँगै होटेलमा काम गर्ने नातामा मामा पर्ने सागर विकले छोराको हत्या भएको जानकारी दिएपछि हामीले थाहा पायौँ । केही समयपछि सामाजिक सञ्जालमा छोराको फोटा र भिडियो पनि बाहिरिएको थियो । फोटा र भिडियोमा पनि प्रस्टरुपमा हत्या भएको देखियो । घटनापछि भारतमा पुग्दा र घटनास्थलमा बुझ्दा नेपाल घरमा फोन गरेर हत्या भएको जानकारी दिने सागर विक नै हत्यामा संलग्न रहेको पाइयो ।”

उहाँले भन्नुभयो, “जुन दिन रातिको समयमा हत्या भयो त्यही दिन दिउँसो घरमा छोराले फोन गरेको थियो । आफू सन्चै रहेको र तलब आएपछि पैसा पठाइदिन्छु भनेको थियो । अर्को दिन त छोराको हत्या भएको खबर सुनियो ।” एउटा मात्र छोराको बीभत्सरुपले हत्या गरिएकाले दोषीलाई कारबाही गरी न्याय दिलाउन पार्वतीले नेपाल सरकारसँग अनुरोध गर्नुभयो ।

हत्या भएको भनिएको दिन सबै केटाहरु छोरा कमलकै कोठामा बसेका रहेछन् ।सँगै खानपिन गरेको र विवाद पनि भएको भन्ने सुनिएको र रातिको समयमा उसका साथीहरुले नै हत्या गरी फरार भएको घटनाले देखाएको छ । एक वर्षअघि काम गर्न भनेर सिमला पहाड गएको भाइ पछि आलिबाग गएको करिब दुई महिनापछि हत्या भएको दिदी सपना विकले बताउनुभयो ।

आफूले छोराको शव राम्ररी हेरेको र बीभत्स अवस्थामा शव भेटिएको थियो । पूरै चिरिएको शरीरमा पन्चिङका निशानहरु देखिन्थे । ठाउँठाउँमा रगत र नीलडाम देखिन्थ्यो । शरीरको माथिल्लो भागको कपडा निकालेर खुट्टा उल्टा पारी मुख र घाँटी च्यापेको, सेतो कपडाको डोरीले घाँटी कसेर हत्या गरेको शव नजिकबाट देखेका एक भारतीय नागरिकले समेत हत्या नै गरिएको बताएका थिए ।

घटनापछि भारत पुग्नुभएका रमेश विकले मृतकको घाँटीमा गहिरो घाउ देखिएकाले कमलको हत्या नै भएको आशङ्का गर्नुभयो ।

उहाँले भन्नुभयो, “कमलको हत्या गरिसकेपछि आफैँ आत्महत्या गरेको हो भन्ने देखाउनका लागि कोठाको पङ्खाको एउटा पातामा मात्र डोरी बाँधिएको थियो । जसबाट आत्महत्या गर्न सम्भव छैन । हत्या गरेर कोठाबाट बाहिर निस्केर फरार हुने बेलामा उनीहरुले ढोका आफैँ बन्द गरेको प्रस्ट देखिन्छ । त्यो ढोकामा इन्टर लक भएकाले हत्या गर्नेहरुले नै ढोका बन्द गरेको बुझिन्छ ।”

प्रहरी घटनास्थलमा पुग्दा ढोकाको इन्टरलक तोडेको र ढोकाबाहिर ताला लागेको भिडियो सामाजिक सञ्जालमा आएको हरिषचन्द्र विकले बताउनुभयो । शव उल्टो र दुवै खुट्टा खुम्चेको अवस्थामा थियो । शरीरमा जताततै नीलडाम हुनाले पनि हत्या भएको प्रस्ट भएको र कमलकै कोठामा बसेका साथीहरुले नै हत्या गरेको बुझिएकाले उनीहरुको नाममा जाहेरी दिएको आमा पार्वतीले बताउनुभयो । “उहाँले भन्नुभयो, न्यायका लागि भारतमा सजिलो अवस्था नेपालीका लागि रहेनछ । दोषीलाई पक्राउ गरी कारबाही गर्न र पीडित म एकल महिला र मेरो छोराको न्यायका लागि सहयोग गरिदिन भारतमा रहेका नेपाली दाजुभाइ, सङ्घसङ्गठन, भारत सरकार र नेपाल सरकारसँग अनुरोध गर्दछु ।” रासस