२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो पटकमा सुदूरपश्चिमले पायो सभामुख



अ+ अ-

काठमाडौँ । लगातार बहुमत नपुगेर निर्वाचित हुन नसकेको सभामुख पद सुदूरपश्चिमले तेस्रो पटकको प्रयासमा पाएको छ । नेकपा (माओवादी केन्द्र) का भीम भण्डारी प्रदेशको सभामुखमा निर्वाचित हुनुभएको छ ।

आज भएको मतदानमा उहाँ २९ मतसहित निर्वाचित हुनुभएको हो । सभामुख पदका अर्का उम्मेदवार मानबहादुर रावलले २३ मत प्राप्त गर्नुभयो । उहाँ नेपाली कांग्रेसबाट सभामुख पदमा उम्मेदवार बन्नुभएको थियो । सुदूरपश्चिम प्रदेशमा कूल ५३ प्रदेशसभा सदस्य छन् । सभामुख पदमा निर्वाचित हुन कम्तीमा २७ मत आवश्यक पर्छ ।

आज भएको मतदानमा ५२ प्रदेशसभा सदस्य सभागी थिए । भण्डारीले माओवादी केन्द्रको ११, नेकपा (एमाले) को १०, नागरिक उन्मुक्ति पार्टीको ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को १ मत पाउनुभएको थियो ।