काठमाडौं । प्रधानमन्त्रीबाट अध्यक्ष केपी शर्मा ओली बाहिरिएपछि पहिलोपटक बालुवाटारबाहिर तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा एमाले स्थायी कमिटी बैठक बसेको छ ।
उक्त बैठकमा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई असमर्थन जनाउँदै विश्वासको मत नदिने निर्णय गरेको छ ।
यस्तै बैठकले पार्टी एकताका लागि भन्दै गठन गरेका कार्यदलले तयार पारेको प्रतिवेदनलाई अनुमोन गर्दै कार्यदल विघटन समेत गरेको छ ।
तस्बिरः राजन काफ्ले, फोटो महल