३० जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवर्द्धन: पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरोः सञ्चारमन्त्री डा तिमिल्सिना सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

गोलबजार । सिरहाको धनगढीमाईमा आजविहान कोइला बोकेको भारतीय ट्रकले मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

धनगढी–बडियारपट्टी भित्री सडकअन्तर्गत धनगढीमाई नगरपालिका– ५ गोठचोक नजिक दक्षिणबाट उत्तर आइरहेको प्रदेश२–०१०६प ५२९७ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको डव्यूवी६५वी ७४३९ नंको ट्रकको ठक्करबाट सिरहाकै सुखीपुर नगरपालिका–८ का अन्दाजी ६५ वर्षीय राजेन्द्र साहको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट सख्त घाइते साहलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पु¥याए पनि उनको तत्काल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिनुभयो । ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

साह सिरहाको गोलबजारस्थित जयगोविन्द साह पोलिटेक्निकल इन्स्च्यिुटका प्रिन्सिपल तथा बाली विशेषज्ञ हुन् । बिदाको दिन भए पनि इन्स्च्यिुटकै कामले गोलबजार आउँदै गर्दा दुर्घटना भएको इन्स्च्यिुटका सञ्चालक समिति सदस्य बासना मोक्तानले जानकारी दिनुभयो । शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।