• ७ असार २०८१, शुक्रबार
  •      Fri Jun 21 2024
  •   Unicode
Logo
Latest
★   राजस्व सङ्कलनमा सामान्य वृद्धि ★   टी–२० विश्वकप: अष्ट्रेलियाले बंगलादेशलाई डिएलएस मेथडमा २८ रनले हरायो ★   मालढुङ्गा–बेनी सडक कालोपत्र गर्न १३ दिन यातायात बन्द ★   योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री (फाेटाे फिचर) ★   दुई पटक सत्ता यात्रा, नयाँ नेतृत्वका लागि महाधिवेशनको तयारी ★   आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि मनाइँदै ★   कमिन्सको ह्याट्रिक, अष्ट्रेलियासामु बंगलादेशले दियो १४१ को लक्ष्य ★   योगले विश्वलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्छ: उपराष्ट्रपति ★   कोपा अमेरिकामा अर्जेन्टिनाको विजयी सुरुवात ★   विश्वभरका अध्येताका लागि नेपाल योगको मूल गन्तव्य बन्नसक्छ : राष्ट्रपति

सुनसरीमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु



सुनसरी । सुनसरीमा दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान–३ पुरानो बजारमा सोमबार सिटी सफारी दुर्घटना धरान–१५ का १९ वर्षीय ठिना लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार प्रदेश१–०२–००३ह २६५५ नंको सिटी सफारी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बू गम्भीर घाइते भएकामा उपचारका क्रममा विपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उनको मृत्यु भएको थियो । सिटी र चालक धरान–११ का ज्ञानबहादुर थापा प्रहरीको नियन्त्रणमा रहेका छन् ।

त्यसैगरी बराहक्षेत्र–७ बत्तीस आरडीस्थित सुनसरी–मोरङ सिँचाइ आयोजना नहरमा डुबेर ४० वर्षीय वीरबहादुर थापा (हिमाल)को निधन भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बत्तीस पुलबाट नहरमा थापा बेपत्ता भएका थिए ।

नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीय खोजीकार्यमा लागिपरेका थिए । बेपत्ता भएको करिब दुई घण्टापछि एक किलोमिटर टाढा सेरेचोक नजिक शव भेटिएको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।