२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा विमान दुर्घटनाः २४ शवको परीक्षण पोखरामा हुने



तस्बिरः रासस
अ+ अ-

पोखरा । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २४ व्यक्तिको शव परीक्षण पोखरामा हुनेभएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले दिएको जानकारीअनुसार ती शवको परीक्षण प्रक्रिया सुरू भइसकेको छ ।

बाँकी शवको परीक्षण भने काठमाडौँस्थित शिक्षण अस्पतालमा हुने जनाइको छ । यहाँ शव परीक्षण हुन नसकेका शवलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिनुभयो ।

विदेशी नागरिक, पहिचान नखुलेका र चालक दलका सदस्यको शव परीक्षणका लागि काठमाडौँ लैजाने तयारी भएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि काठमाडौँदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ ।

पोखराको सेती खोँचमा भएको सो विमान दुर्घटनामा ६९ को शव फेला परेको छ । तीन यात्रुको अवस्था भने अझै अज्ञात छ । बेपत्ताको खोजीकार्य जारी रहेको जनाइएको छ । पोखरामा शव परीक्षण हुनेहरूको नामहरु त्रिभुवन पौडेल, निशान आचार्य, ओममाया गुरुङ, यस्मिन गुरुङ, पुजन राना, अरुण पौडेल, प्रसिद्धि पौडेल रहेको छ ।

त्यस्तै जीवनकला गुरुङ, पूर्णबहादुर गुरुङ, सङ्गीता शाही, सदाकत अलि मिया, लक्ष्मी पौडेल, निरा छन्त्याल, विजयकुमार गुरुङ, लक्की गुरुङ, शालिकराम आचार्य, डा गणेश थापा, मोहनप्रकाश श्रेष्ठ, सीता गुरुङ, जमुना शर्मा, बन्दना सुनार, सर्बिन श्रेष्ठ, अनुषा गुरुङ र शिवकुमार गुरुङको शव परीक्षण पनि पोखरामा हुनेछ । रासस