• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo

दाङमा मोटरसाइकल दुर्घटना हुदाँ दुई युवकको मृत्यु



symbolic picture

घोराही । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ ।

सोमबार बिहान पौने २ बजे सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा ५ प ९५१४ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका-१६ मा दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका घोराही-१६ लेटारका २१ वर्षीय सुशील चौधरी र १८ वर्षीय विवेक चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताएको छ ।