२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटनापछि उद्धारका लागि दुई सयभन्दा बढी विशेष फौज संलग्न



अ+ अ-

काठमाडौं । नेपाली सेनाले काठमाडौँ–पोखरा उडानमा रहेको यति एयरलाइन्सको विमान दुर्घटनापछि तत्काल खोजी तथा उद्धारमा दुई सयभन्दा बढी विशेष फौज परिचालन गरेको जानकारी दिएको छ ।

विमान दुर्घटना भएको सूचना प्राप्त हुनासाथ त्यहाँ तैनाथ खोज तथा उद्धार कार्यमा तालिम प्राप्त दुई सयभन्दा बढी विशेष फौज परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय अन्य सङ्घसंस्था र निकायको समन्वयमा सेनाले उद्धार कार्य गरिरहेको उहाँले बताउनुभयो । विमान अप्ठेरो खोँचमा दुर्घटना भएकाले सेनासहितका सुरक्षाकर्मीले तत्काल आगो निभाउने र छरिएर रहेका शवलाई डोरी, भ¥याङ र विशेष उपकरणको सहयोगमा निकाल्ने काम गरिरहेको छ ।रासस




भर्खरै