११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने

प्रत्यक्षदर्शी भन्छन् ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखिएको थिएन’

प्रत्यक्षदर्शी भन्छन् ‘आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखिएको थिएन’
अ अ+ अ-

लेखनाथ । “घरको आँगनमा घाम तापेर कुर्सीमा बसिरहेको थिएँ, आइतबार बिहान ११ बजे एक्कासि जहाज घरको छतलाई नै छुनेगरी उत्तर तर्फबाट कोल्टिँदै आयो, हेर्दाहेर्दै घरको एक सय मिटर पूर्वको सेती डिलको बाँस घारीमा ठूलो आवाज दिँदै बजारियो ।

जहाजको एक टुक्रा म बसिरहेको कुर्ची नजिकै आएर बजारियो”, जहाज दुर्घटना स्थलको एक सय मिटर पश्चिम स्यालदुले निवासी ८७ वर्षीय बबरजङ्ग गुरुङले भन्नुभयो, “आँखै अगाडि यस्तो दुर्घटना कहिल्यै देखेको थिइनँ ।”

“जहाज बजारिएपछि आगोको मुस्लोसहित धुवाँले गाउँ नै ढाक्यो, केही समयपछि पुलिस र आर्मी आइपुगे, मसहित मेरो परिवार र वरपरका छिमेकीसमेत ठूलो कालले बाच्यौँ भनेर घरभित्र पस्यौँ तर आगो फैलिन्छ कि भन्ने चिन्ता झन् बढ्न थाल्यो । पछि जहाजमा लागेको आगो नियन्त्रणमा आयो”, उहाँले भन्नुभयो ।

सेती खोँचको पूर्वी भागमा डिलको बाँसको थानमा बजारिएको विमानका केही टुक्रा सेती खोँच वारि, केही टुक्रा पारि र केही टुक्रा खोँचमा खसेका छन् । शवहरु केही डिलमा अड्किएको भए पनि अधिकांश सेती खोँचमा नै खसेका छन् ।

आज बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँगाउँको खोँचमा विमान दुर्घटना भएको थियो । विमानमा ६८ यात्रु र चारजना चालक दलका सदस्यसहित ७२ जना सवार थिए । दुर्घटनाग्रस्त ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो र नयाँ विमानस्थलबीचको नयाँगाउँस्थित सेतीको खोँचमा दुर्घटनामा परेको थियो ।

दुर्घटनास्थल नजिकै नयाँगाउँ निवासी विष्णुहरि सापकोटाले भन्नुभयो, “उत्तरतर्फको काहूँ डाँडातर्फबाट पुरानो विमानस्थलमा आज जहाज आयो भनियो । तर, जहाज पुरानो विमानस्थलबाट पश्चिम मोडेर नयाँ विमानस्थलमा लाने क्रममा एक्कासि ढलपल ढलपल हुँदै सेती नदीको खोँच डिलको बाँसको थानमा छुन पुग्यो । अनि ठूलो आवाजसहित भुईमा खस्यो । हामी दौडेर त्यहाँ पुग्दा आगोको मुस्लोसहित धुवाँ आइरहेको थियो”, उहाँले भन्नुभयो ।

“दुर्घटनास्थलमा जान सक्ने अवस्था थिएन । केही समयपछि आएका सुरक्षाकर्मीले पानीको फोहोराले आगो निभाउने प्रयास गरे, केही समयपछि आगो नियन्त्रणमा आएको भए पनि सेती खोँचमा रहेको लास जलेको गन्ध आइतबार दिनभरि आइनै रहेको छ”, स्थानीय सापकोटाले भन्नुभयो । सेती खोँचको पूर्वी भागका एक दर्जन घर विमानचालकले बचाएर सेती खोँचमा खसालेको अनुमान स्थानीय प्रीती गुरुङ गर्नुहुन्छ ।

अर्का प्रत्यक्षदर्शी स्थानीय मनिषा परियारले भन्नुभयो, “हामी त घाम तापेर बसिरहेका थियौँ, जहाज कोल्टे–कोल्टे हुँदै आयो, के भएछ भनेर हेरियो”, उहाँले भन्नुभयो, “त्यसको एकैछिनमा जहाज गति गुमाउँदै भूइँमा खस्यो, बचाउ बचाउ भन्ने आवाज सुनियो, अनि त हामी झनै आत्तियौँ ।”

विमान कोल्टे परेको दुईतीन मिनेटमै सेतीको खोँचमा ठोक्किएको उहाँले जानकारी दिनुभयो । विमान खोँचमा खसेकाले बस्ती जोगिएको उहाँको भनाइ थियो । “कोल्टे कोल्टे हुँदै वारि ठोकिएर पारि जोतिन पुग्यो, अनि आगो बल्न सुरु भइहाल्यो”, मनिषाले भन्नुभयो, “धन्न हाम्रै घरमाथि खसेन जहाजको क्षति त हुन्थ्यो नै हाम्रो पनि बिचल्ली हुन्थ्यो ।”

आगो बल्न थालेपछि बाल्टीमा पानी लिएर गए पनि उद्धार गर्न नसकेको उहाँले बताउनुभयो । केही स्थानीयले प्रहरीलाई खबर गरे पनि जलिरहेको जहाज हेर्नुभन्दा अर्को उपाय नभएको उहाँको भनाइ थियो । “एकै छिनमा आगो बल्न सुरु भयो । हामीले बाल्टीमा पानी बोकेर त गयौँ तर त्यसले के हुन्थ्यो रु” उहाँले भन्नुभयो, “कसैले प्रहरीलाई फोन गर्न तिर लाग्यौँ । केही छिनमा बोरिङको ट्याङ्कर पनि आयो त्यसपछि दमकल, एम्बुलेन्स, प्रहरी, आर्मी सबै आए । अनि बल्ल हामीलाई बाँच्नेहरु बाँच्छन् कि भन्ने भयो ।”

पोखराको सेती खोँचमा आज बिहान भएको विमान दुर्घटनामा परेकामध्ये ४ः३० बजेसम्म ६२ वटा शव निकालिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिनुभयो ।

दुर्घटनामा पर्ने यतिको उक्त विमान पोखराको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अवतरण गर्ने विमान थियो । उक्त विमानलाई यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । क्याप्टेन केसी प्रशिक्षक पाइलट पनि हुन् । यही विमानबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो ‘डेमो’ उडान गरेका थिए । नेपालमा ७२ यात्रु क्षमताको एटिआर विमान दुर्घटना भएको यो पहिलो घटना भएको बताइएको छ ।

उक्त विमानमा चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगर थिए । जहाजमा नेपाली ५३, भारतीय नागरिक पाँच, रसियन चार, आयरल्यान्डका एक, अस्ट्रेलियन एक, अर्जेन्टिनी एक, कोरियन दुई, फ्रान्सेली एक गरी ६८ यात्रु र चालक दलका चारसदस्य थिए । जहाज खोँचमा परेकाहरूकाले उद्धारमा कठिनाइ आएको उद्धारमा खटिएका सुरक्षाकर्मी बताउँछन् । रासस