४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री पोखरा नजाने



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पोखरा जाने कार्याक्रम स्थगित भएको छ । यती एयरलाइन्स विमान दुर्घटनाको स्थलगत निरीक्षणका लागि उहाँ पोखरा जान लाग्नुभएको थियो ।

आइतबार बिहान चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान पोखरामा दुर्घटना भएको थियो ।

आफूहरु पोखरा जाँदा उद्धार कार्य प्रभावित हुनसक्ने देखिएकाले नजाने निर्णय गरिएको उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री रवि लामिछानेसहितको टोली नेपाली सेनाको हेलिकप्टरबाट पोखरा जाने कार्याक्रम तय भएपनि अन्तिम समयमा स्थगित गरिएको हो ।