९ पुष २०८१, मंगलवार
,
Latest
नरेश र सुनिलको ‘हाँसीराख माया’ सार्वजनिक दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने भेरी अस्पताल मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने थाइल्याण्ड, कम्बोडिया, लाओस, म्यान्मालगायतका देशमा जान चाहनेहरुलाई तीन बुँदे ट्राभल एड्भाइजरी जारी, सावधानी अपनाउन आग्रह सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्यो, आज कहाँ पर्दैछ पानी ? महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीको आयोजना पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता रवि लामिछानेको सांसद पद निलम्बनमा, संघीय संसद्ले टाँस्यो सूचना थाइल्याण्ड र म्यानमार यात्रासम्बन्धी सूचना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटना : ५ सदस्यीय छानबिन आयोग गठन, भोलि शोक बिदा



अ+ अ-

काठमाडौँ । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।

आयोगका सदस्यहरुमा हवाई विज्ञ एवं नेपाली सेनाका अवकासप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकासप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराजजंग थापा रहनुभएको छ । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको छ ।

मन्त्रिपरिषद्ले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक बिदासमेत दिने निर्णय गरेको छ । घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनामा परेकाहरुको पार्थिव शरीर बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गरिने जानकारी दिनुभयो ।