९ पुष २०८१, मंगलवार
,
Latest
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न प्रदेश सरकारले सघाउने भेरी अस्पताल मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने थाइल्याण्ड, कम्बोडिया, लाओस, म्यान्मालगायतका देशमा जान चाहनेहरुलाई तीन बुँदे ट्राभल एड्भाइजरी जारी, सावधानी अपनाउन आग्रह सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्यो, आज कहाँ पर्दैछ पानी ? महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीको आयोजना पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता रवि लामिछानेको सांसद पद निलम्बनमा, संघीय संसद्ले टाँस्यो सूचना थाइल्याण्ड र म्यानमार यात्रासम्बन्धी सूचना जारी झापा कपको उपाधि चर्च ब्वाइजलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री र गृहमन्त्री विमान दुर्घटनाको कारण र उद्धार अवस्था बुझ्न त्रिभुवन विमानस्थलमा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने यती एयरको जहाज पोखरामा भएको दुर्घटनाको वस्तुस्थिति बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ ।

आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौँबाट पोखरा उडेको यती एयरलाइन्सको विमान ११ बजेर १० मिनेटमा पोखरास्थित सेती नदीको खोँचमा दुर्घटना भएको थियो ।

विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।

प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेले विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रमा पुगेर घटनाको विस्तृत विवरण लिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे विमानस्थल र एटीसीका अधिकारीहरुसँग जानकारी लिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार विमानस्थलका कर्मचारीहरुले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीले प्रभावकारी रुपमा उद्धारमा लाग्न सबै निकायलाई निर्देशन दिनुभएको छ ।

दुर्घटना सम्बन्धमा अहिले १ बजे आकस्मिक मन्त्रिपरिषद्को बैठक बस्दैछ ।