२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चाडपर्व र संस्कृतिको संरक्षण गर्नु सबैको दायित्वः मुख्यमन्त्री गिरी



अ+ अ-

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले सबै पर्वले विविधतायुक्त नेपाली समाजमा एकता, सहिष्णुता र सद्भाव कायम गर्ने बताउनुभएको छ । मकर सङ्क्रान्ति तथा माघी पर्वको अवसरमा आज उहाँले दिनुभएको शुभकामना सन्देशमा पर्वले सबै नेपालीमा उत्साह एवं उमङ्ग थपेर सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम रहोस् भन्नुभएको छ ।

शुभकामना सन्देशमा नेपालको समस्त भू–भाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने सबै जनजातिले माघे सङ्क्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिअनुसार मनाउँदै आएको बताउनुभएको छ ।

“समग्रमा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा मकर सङ्क्रान्ति एवं माघी पर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ”, उहाँले भन्नुभएको छ, “हर्ष, खुसी र मनोरञ्जनपूर्वक मनाइने यस पर्वले हामी नेपालीबीच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याएको छ । मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिहरूको संरक्षण गर्नु सबैको दायित्व हो ।”

लुम्बिनी प्रदेशका सम्पूर्ण जनताको समृद्धि र विशेषगरी अल्पसङ्ख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि प्रतिबद्ध रहेको सन्देशमा उल्लेख छ । मुख्यमन्त्री गिरीले ‘समृद्ध लुम्बिनीः आत्मनिर्भर प्रदेश’ भन्ने मूलमन्त्र लिएर विकास र समृद्धिको बाटोबाट न्यायपूर्ण र समतामूलक समाज निर्माणको लक्ष्यका साथ प्रदेश सरकार अघि बढेको उल्लेख गर्नुभएकोे छ । रासस