२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार तीव्र आर्थिक विकासमा लाग्नुपर्छ– उपराष्ट्रपति पुन



अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्घीय र प्रदेश सरकारले मुलुकको सुशासन र गुणस्तरीय जनसेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘

मगर, थारु र छन्त्याल समुदायको प्रमुख सांस्कृतिक चाड एवं नेपालीहरूको महत्त्वपूर्ण चाड माघेसकराती÷माघेसङ्क्रान्ति÷माघी पर्व–२०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै सङ्घीय र प्रदेश सरकारले जनसुरक्षा, भौतिक पूर्वाधार निर्माण र समग्र मुलुकको समृद्धिका लागि तीव्र गतिमा काम गर्ने विश्वास व्यक्त गर्नुभएको हो ।

लोकतन्त्रलाई सुदृढ् गर्ने महत्त्वपूर्ण कडिको रूपमा रहेको प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन हालै सम्पन्न भई नयाँ सङ्घीय सरकार र प्रदेश सरकारहरू बनिसकेका सन्र्दभ उल्लेख गर्दै उपराष्ट्रपति पुनले ती सरकारहरूले तीव्र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले हरेक समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज र धार्मिक एवं सांस्कृतिक चाडपर्वहरू रहेको बताउनुभयो ।

“विभिन्न समुदायमा मौलिकताका साथ मनाइने पर्वहरू नेपालीका साझा चाडपर्व हुन्, सूर्य धनु राशिलाई छाडेर मकर राशिमा प्रवेश गरेको तिथिलाई आधार मानेर मगर, थारु र छन्त्याल समुदायले नयाँ आर्थिक वर्ष प्रारम्भको रूपमा मनाउने माघेसङ्क्रान्ति पर्वको प्रकृतिसँग मुख्य सम्बन्ध छ”, शुभकामना सन्देशमा भनिएको छ ।

विभिन्न समुदायले आ–आफ्नो परम्पराअनुसार मनाउने यस पर्वले आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको विकास गर्नुका साथै पारिवारिक मिलन तथा भावनात्मक एकता गराउँदै आएको उहाँको भनाइ छ । सन्देशमा भनिएको छ, “यसै चाडबाट दिन लामो र रात कम हुन थाल्छ ।

अन्धकार कम र सूर्यको प्रकाश तेज हुँदा प्राणीको चेतना र कार्यशक्ति वृद्धि हुन्छ, यसकारण हामी यो पर्वलाई सकारात्मक काम र ऊर्जाको थालनी भन्न सक्छौँ, माघेसकराती÷माघेसङ्क्रान्ति÷माघी पर्व–२०७९ ले हामी सबैलाई समृद्ध मुलुक निर्माणका लागि प्रेरणा प्रदान गरोस् ।” रासस