१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न म्यान्चेस्टर डर्बीमा युनाइटेडले घरेलु मैदान वल्र्ड ट्राफोर्डमा सिटीलाई २-१ गोलले पराजित गरेको हो ।

युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेज र मार्कुस रासफोर्डले गोल गरे भने सिटीका ज्याक ग्रिलिसले गरेको गोल सान्त्वना गोल भयो ।

खेलमा सुरुवाती अग्रता भने सिटीले बनाएको थियो । खेलको ग्रिलिसले ६० औं मिनेटमा गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, फर्नान्डेजले ७८ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई १-१ को बराबरीमा ल्याए । यस्तै, ८२ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई जित दिलाए ।

जितसँगै युनाइटेड १८ खेलमा ३८ अंकसहित तेस्रो स्थानमा रहँदा दोस्रो स्थानमा कायम रहेको सिटीमो समान खेलबाट ३९ अंक छ ।