२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेका शेयरधनीलाई प्रमाणपत्रको सट्टा डिम्याटमा शेयर दिने



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले शेयरधनीहरुलाई शेयर प्रमाणपत्रको सट्टा डिम्याट खातामा शेयर दिने भएको छ ।

नेप्सेले नेप्सेका शेयर धनीहरुलाई नेपाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर शेयरधनीलाई डिम्याटमा शेयर दिने तयारीमा रहेको बताएको छ ।

शुक्रवार नेप्सेको ४१ औं वार्षिक साधरणसभामा बोल्दै सहायक प्रवन्धक निरञ्जन फुयाँलले पाल सरकारले लगानी गरेका संस्थाहरुको डिम्याट गर्ने अर्थ मन्त्रलयबाट पत्र आएकाले प्रमाणपत्र नभएर शेयरधनीलाई डिम्याटमा शेयर दिने तयारीमा रहेको बताउनु भयो । उहाँले अर्थ मन्त्रालयको पत्रको आधारमा धितोपत्र बोर्डले नेप्सेमा सूचिकृतको लागि स्वीकृति दिए छिटै शेयरधनीलाई डिम्याटमा शेयर दिने बताउनु भयो । उहाँले नेप्सेको शेयरलाई नेप्सेका सूचिकृत गर्ने प्रक्रियामा प्रयास भइरहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेप्सेका अध्यक्ष चक्रबहादुर बुढाले नेप्सेको बजारको कारोबार परिणाम,अर्थतन्त्रका पक्ष,सूचिकृत कम्पनीको आर्थिक अवस्था र लगानीकर्ताको मनोविज्ञानमा आधारित हुने भएकाले आयमा सुनिश्चितता ल्याउन चुनौति रहेको बताउनु भयो । उहाँले लगानीकर्ताको बढ्दो संख्यालाई सेवा पु¥याउन अनलाइन कारोबार प्रणालीलाई समय सापेक्ष परिवर्तन गर्नुपर्ने बताउनु भयो ।

उहाँले बढ्दो बजारमा मात्र लगानीकर्ताको आकर्षण बढ्ने र बजार घट्नेसँगै लगानीकर्ता अन्य क्षेत्रमा प्रवेश गर्ने भएकाले लगानीकर्तालाई बजारमा दिगो रुपमा कायम गरी बजारलाई सुदृढ बनाएर बिस्तार गर्न चुनौति देखिएको बताउनु भयो । उहाँले सरकारी तथा अन्य क्षेत्रले अवलम्वन गर्ने पुँजी बजारसँग सम्बन्धित नीतिहरु अनुकुल धितोपत्र बजारको व्यवस्थापन गर्न चुनौति रहेको बताउनु भयो ।

उहाँले बजारमा संस्थागत लगानीकर्ताहरुको संख्या बढाएर उनीहरुको सक्रिय सहभागिता बढाउनु आवश्यक रहेको बताउनु भयो । त्यस्तै नेप्सेको साधरण सभाले चुक्ता पुँजी १ अर्बमा नियमानुसार लाग्ने करसहित शतप्रतिशत नगद लाभांश (एक अर्ब रुपैयाँ) वितरण गर्ने भएको छ । नेप्सेले गत आर्थिक वर्षमा चुक्ता पुँजी ६० करोडको १०० प्रतिशत नगद नाभांश ६६.६७ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।