२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अब सुध्रिनेवाला छैन – माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इमानदार कम्युनिष्टहरुलाई एकबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्ने बताएका छन् । नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै उनले नयाँ ढंगबाट पार्टीलाई पुनर्गठन गर्दै अघि बढ्ने बताएका हुन् ।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा भएका विकृतिलाई सुधार गर्ने अठोटका साथ अघि बढ्नुपर्ने बताएका छन् । उनले भने, ‘हामीले हाम्रो पार्टी बनाएरमात्रै पुग्दैन। सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । कम्युनिष्ट आन्दोलनमा भएका विकृतिलाई सुधार गर्ने अठोटका साथ अघि बढ्छौं । त्यसकारण नयाँ आशा जागेको छ ।’

उनले हाम्रो पार्टी, राम्रो पार्टी, नेकपा एस भन्ने गीतको स्मरण गर्दै पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा नेता भुसाल जोडिएकोमा खुशी व्यक्त गरे ।

उनले पुरानै विचार र सिद्धान्तले नेकपा एमाले नसुध्रिने टिप्पणी गरे । उनले भने, ‘उही विचार र सिद्धान्तले पुरानो पार्टी सुध्रिनेवाला छैन भन्ने निष्कर्षमा हामी पुग्यौं । अहिले घनश्यामजी पुग्नुभयो । अरु पनि पुग्दै जानुहुन्छ । उहाँहरुलाई हाम्रो पार्टीमा स्वागत गर्छौं ।’