२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अब सुध्रिनेवाला छैन – माधव नेपाल



अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इमानदार कम्युनिष्टहरुलाई एकबद्ध बनाएर हातेमालो गर्दै अघि बढ्ने बताएका छन् । नेता घनश्याम भुसाललाई पार्टीमा स्वागत गर्दै उनले नयाँ ढंगबाट पार्टीलाई पुनर्गठन गर्दै अघि बढ्ने बताएका हुन् ।

अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा भएका विकृतिलाई सुधार गर्ने अठोटका साथ अघि बढ्नुपर्ने बताएका छन् । उनले भने, ‘हामीले हाम्रो पार्टी बनाएरमात्रै पुग्दैन। सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउनुपर्छ । कम्युनिष्ट आन्दोलनमा भएका विकृतिलाई सुधार गर्ने अठोटका साथ अघि बढ्छौं । त्यसकारण नयाँ आशा जागेको छ ।’

उनले हाम्रो पार्टी, राम्रो पार्टी, नेकपा एस भन्ने गीतको स्मरण गर्दै पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने अभियानमा नेता भुसाल जोडिएकोमा खुशी व्यक्त गरे ।

उनले पुरानै विचार र सिद्धान्तले नेकपा एमाले नसुध्रिने टिप्पणी गरे । उनले भने, ‘उही विचार र सिद्धान्तले पुरानो पार्टी सुध्रिनेवाला छैन भन्ने निष्कर्षमा हामी पुग्यौं । अहिले घनश्यामजी पुग्नुभयो । अरु पनि पुग्दै जानुहुन्छ । उहाँहरुलाई हाम्रो पार्टीमा स्वागत गर्छौं ।’