२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी

मुलुकभरको जनजीवन सामान्यतर्फ उन्मुख, कोभिडको जोखिम भने कायमै

मुलुकभरको जनजीवन सामान्यतर्फ उन्मुख, कोभिडको जोखिम भने कायमै
अ अ+ अ-

काठमाडौं । मुलुकभर गत वैशाख/जेठमा अत्याधिक रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण विस्तारै कमजोर हुँदा जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । 

कतिपय जिल्लाले निषेधाज्ञा हटाइसकेका छन् भने आदेश लागू गरेका जिल्लामा पनि खुकुलो (लुज डाउन) गरिएको छ । काठमाडौँ उपत्यकामा असारदेखि खुकुलो बनाइएको निषेधाज्ञा साउनदेखि भने विशेष कामका लागि उपत्यका भित्रिने सवारी साधनलाई पास नचाहिने व्यवस्था गरेर थप सहजीकरण गरिएको छ । 

जनजीवन सामान्यतर्फ उन्मुख भइरहँदा पछिल्ला तथ्याङ्कले कोभिड–१९ को जोखिम भने कायमै रहेको देखाएको छ । शुरुमा एक्कासिमाथि उठेर तल झरेको सङ्क्रमणको ग्राफ पुन उकालो लाग्न थालेकाले वर्तमान परिस्थितिमा नागरिकले पनि सावधानी अपनाउनुपर्ने र राज्यले पनि भिडभाड हुने क्षेत्रमा बढी निगरानी गर्नुपर्ने जनस्वास्थ्यविद् डा रविन्द्र पाण्डेको भनाइ छ । विगतमा मुलुकका खोटाङ र मनाङबाहेक ७५ जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेर कोभिड न्यूनीकरण तथा नियन्त्रणमा सक्रिय भएको थियो । 

गृहमन्त्रालयबाट प्राप्त विवरणअनुसार आजसम्म घटेर कूल ५८ जिल्लामा मात्रै निषेधाज्ञाको आदेश कायम छ । बाँकी १७ जिल्लाले निषेधाज्ञा हटाइसकेका छन् । क्रमशः निषेधाज्ञा हटाउने क्रम जारी छ । यद्यपि पछिल्लो समयमा भने सङ्क्रमणदर मन्द गतिमा बढेकाले जोखिम कायमै रहेको स्वास्थ्यविज्ञहरुको भनाइ छ । निषेधाज्ञा लागू भएका जिल्लाले समेत अति भिडभाड हुने गतिविधिबाहेकका क्रियाकलाप खुला गर्दै लगेका छन् । गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले कोभिड नियन्त्रणमा आएर निषेधाज्ञा खुकुलो बनाएको नभइ, जनजीवन सामान्य बनाउनका लागि सावधानी अपनाएर खुकुलो बनाएकाले सावधानी जरुरी रहेको बताउनुभयो । 

समग्रमा आम मानिस सहभागी भएर गरिने सभासम्मेलन र चलचित्र हललगायत गतिविधि बाहेकका क्रियाकलाप खुला गर्न थालिएको छ । अन्तरजिल्ला बाहेकका यातायात पनि सञ्चालन हुन थालेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जनजीवनमा परेको असर कम गर्न विस्तारै सहजीकरण गर्दै लगिएको जानकारी दिनुभयो । विगतमा खोटाङ र मनाङ जिल्लाले स्वअनुशासनलाई जोड दिए झैँ निषेधाज्ञा हटाइएका र हटाउने तयारीमा रहेका जिल्लामा पनि स्वअनुशासन कायम गर्नुपर्नेमा प्रशासनिक अधिकारीको जोड छ । 

नेपालमा दोस्रो लहरको कोरोना सङ्क्रमण विसं २०७७ चैतको अन्तिम साताबाट शुरु भएको थियो । गत वैशाखको पहिलो साता बाग्लुङको बलेवास्थित नारायणथानको एउटा विद्यालयमा ३९ विद्यार्थी र एक शिक्षकमा एक्कासि कोरोना सङ्क्रमण देखियो । उक्त जिल्लाले सङ्क्रमणको जालो तोडन विद्यालय र सोसँग जोडिएका परिवार बसोबास गर्ने क्षेत्र तोकेर गत वैशाख ७ गते औपचारिक रुपमा निषेधाज्ञाको आदेश जारी गर्ने पहिलो जिल्ला बन्न पुगेको थियो । 

त्यसलगत्तै कालीकोटमा गत वैशाख ९ गते एक जनामा सङ्क्रमण देखियो । उनीसँग सम्पर्कमा रहेका व्यक्तिको परीक्षण गर्दा १० गते चारजना थप सङ्क्रमित भएपछि गत वैशाख ६ को मन्त्रिपरिषद्को निर्णय र सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को अधिकार प्रयोग गर्दै आंशिक निषेधाज्ञा जारी गरिएको थियो । सरकारले सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय सङ्क्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएपछि गत वैशाख १३ गतेदेखि भने धमाधम निषेधाज्ञा जारी गर्ने क्रम ह्वात्तै बढेको थियो । कोरोना सङ्क्रमणबाट बाँकेको नेपालगञ्ज नराम्ररी प्रभावित भएपछि गत वैशाख १३ गते र सुर्खेतमा गत वैशाख १४ गते रातिदेखि निषेधाज्ञा लगाइएको थियो । त्यसपछि गत वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लालगायत विभिन्न जिल्लाले निषेधाज्ञा जारी गरे । त्यसपछि लगातार निषेधाज्ञा आदेश जारी भइरहेकामा जेठसम्म ७५ जिल्ला पुगेको थियो । 

जेठ अन्तिमबाट विस्तारै सङ्क्रमण घटेपछि निषेधाज्ञा पनि खुकुलो पारियो । तर मानिसको चहलपहल र लापरवाही बढ्न थालेपछि अहिले मन्द गतिमा सङ्क्रमण बढ्न थालेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अभिलेखले देखाउँछ । 
–नारायण ढुङ्गाना