२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली काँग्रेस पदाधिकारी बैठक सम्पन्न, के-के भयो निर्णय ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसले पार्टीका केन्द्रिय सदस्य तथा क्रियाशील सदस्यता छानवीन समितिका सदस्य श्याम घिमिरेमाथि आक्रमण गर्ने पार्टीका नेता, कार्यकर्तालाई कडा कार्वाही गर्ने भएको छ ।

प्रधानमन्त्री एवम् पार्टीका सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको पार्टीको पदाधिकारी बैठकले पार्टीको आशन्न १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता छानवीनका लागि गठित छानवीन समितिका सदस्य घिमिरेमाथि आक्रमण गर्ने सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत र त्यसमा संलग्न अन्य कार्यकर्ताहरुलाई कार्वाही गर्न पार्टीको अनुशासन समितिलाई निर्देशन दिएको हो । शनिवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आक्रमणको सो घटनामा संलग्न नेता, कार्यकर्ताहरुलाई २४ घण्टा भित्र स्पष्टिकरण लिई ३ दिन भित्र कार्वाही गर्न सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिनु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

बस्नेत नेतृत्वको टोलीले शुुक्रबार विहान पार्टीका केन्द्रिय सदस्य एवम क्रियाशील सदस्यता छानवीन समितिका सदस्य घिमिरेमाथि समितिको कार्यालयमै पुगेर हातपात गरेका थिए । सोही घटना पार्टीको अनुशासन विपरित रहेको निष्कर्ष निकाल्दै काँग्रेसले कार्वाही गर्न अनुशासन समितिलाई निर्देशन दिएको हो । 

प्रवक्ता शर्माले भन्नु भयो,“आजको बैठकले क्रियाशील सदस्यता छानवीन समितिले निर्णय गरेर ल्याएको पत्र बमोजिम नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत एवम् सो आक्रमणको घटनामा संलग्न भएका व्यक्तिहरु उपर २४ घण्टा भित्र स्पष्टिकरण सोधेर ३ दिन भित्र संगठनको अनुशासनको कार्वाही गर्नका लागि पार्टी सभापति देउवाले पार्टीको अनुशासन समितिलाई निर्देशन दिनु भएको छ ।”

बैठकले क्रियाशील सदस्यता छानवीन समितिलाई सहयोग गर्न पनि पार्टीको सिंगो पंक्तिलाई आह्वान गरेको छ । विधिसम्मत प्रक्रियालाई आत्मसात गर्दै क्रियाशील सदस्यता छानवीन समितिले काम गरिरहेको र त्यसलाई सहयोग गर्न पनि पार्टी पंक्तिलाई आह्वान गरिएको प्रवक्ता शर्माले बताउनु भयो ।

बैठकले महाधिवेशनको क्रममा कुनै पनि खालको अराजक गतिविधि नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएको छ । नेपाली काँग्रेसको आगामी भाद्र १६–१९ गते हुने १४ औं महाधिवेशन हुँदैछ ।