२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद सचिवालयका तीन कर्मचारीमा कोरोना, सभामुखसहित सात सय ९८ जनाको रिपोर्ट नेगेटिभ



अ+ अ-

काठमाडौं । संघीय संसद सचिवालयमा कार्यरत तीन कर्मचारीमा कोरोना संक्रमण पाइएको छ ।

संसद सचिवालयले संघीय संसदको अधिवेशनअघि आठ सय १ जनाको एन्टिजेन परीक्षण गराएको थियो । तीमध्ये तीनजना कर्मचारीमा कोरोना संक्रमण पाइएको हो । 

एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएका ती तीन कर्मचारीको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ ।

यस्तै सभामुखसहित सात सय ९८ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।