२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैँसी पाल्ने किसानलाई रु १८ लाख अनुदान



अ+ अ-

बलेवा । बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु १७ लाख सात हजार तथा राँगोपालक किसानलाई रु एक लाख ३० हजार गरी कूल रु १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ । 

जैमिनी नगरपालिका–१० का दुहुना भैँसी पाल्ने ५० किसानलाई जनही रु ३४ हजार १४० का दरले रु १७ लाख सात हजार तथा राँगोपालक दुई किसानलाई जनही रु ६५ हजारका दरले कूल रु एक लाख ३० हजार अनुदान वितरण गरेको नगरपालिका पशु शाखाका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिनुभयो ।

किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको नगरपालिलकाले जनाएको छ । “किसानलाई व्यावसायिक बनाउने हाम्रो अभियान हो, अनुदानले उत्पादन वृद्धिमा सहयोग गर्छ”, प्रमुख ढकालले भन्नुभयो, “कामका आधारमा अनुदान पाएका किसान उत्साहित हुनुहुन्छ ।” 

नगरपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसानलाई कृषि र पशुपालनमा अनुदान दिएको हो । किसानलाई प्रोत्साहित गर्न पशुपालनका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुशी भएका छन् । अनुदानका कार्यक्रम सञ्चालन गरेपछि नगरभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन् ।

जैमिनीका किसानले मासु र दूधको उत्पादनका लागि भैँसीपालन गर्ने गरेका छन् । राङ्खानीमा भैँसीको व्यावसायिक पालनका लागि घाँस र हावापानी राम्रो रहेकाले किसान उत्साहित रहेको वडा नं १० का अध्यक्ष नरबहादुर थापाले बताउनुभयो ।