२० असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री मण्डल बिस्तारमा देउवालाई सकस , यादब समूहले आठ मन्त्री मागेपछि समस्यामा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादवपक्षले आठ जना मन्त्री मागेको छ। जसपाले आठ जना मन्त्रीमध्ये सात जना मन्त्री र एक जना राज्यमन्त्री मागेको हो । 

जसपा नेता मोहम्मद इस्तियाक राईका अनुसार शनिबार बसेको संसदीय दलको अनौपचारिक बैठकमा यही मागसहित अगाडि बढ्ने समझदारी भएको बताए।

देउवा सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा सहभागी हुने अवस्थामा सात मन्त्री र एक राज्यमन्त्री हुनुपर्ने जसपाको माग रहेको छ ।