२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट बच्न यस्तो गर्न कति जरुरी ?



अ+ अ-

काठमाडौं । कोरोनाको कहरले अहिले विश्व आक्रान्त बनिरहेको छ । यस्तो अवस्थामा सबैजनाले सामाजिक दूरी कायम गर्न र अनिवार्य मास्क लगाउन सल्लाह दिइन्छ । 

यसैबीच अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनले कोरोनाबाट बच्न दुईवटा मास्क लगाउन सल्लाह दिएको छ ।  

विज्ञहरूका अनुसार, डबल मास्कले धेरै हदसम्म कोरोनाबाट बचाउँछ । अनि यसलाई सही ढंगले लगाउनु प जरूरी छ । 

सर्जिकल मास्कले जम्मा ५६.१ प्रतिशत सुरक्षा दिन्छ भने कपडाको मास्कले ५१.४ प्रतिशत सुरक्षा दिन्छ । तर डबल मास्क लगाएमा संक्रामक कणबाट लगभग ८५.४ प्रतिशतसम्म सुरक्षा दिन्छ । 

डबल मास्क टाइट हुन सक्छ । त्यसैले बाहिर जानुअघि घरमै एकछिन डबल मास्क लगाएर हिँड्ने गर्नुपर्छ । त्यसो गर्दा यो कत्तिको फिट र आरामदायी छ भन्ने थाहा हुन्छ । अनि बोल्दा पनि अप्ठ्यारो हुँदैन । 

सफा मास्क लगाउनुपर्छ । घर परिवारकै मान्छेले पनि आफ्नो मास्क अरूलाई दिनुहुँदैन र अरूको लगाउनुहुँदैन ।