२६ आश्विन २०८१, शनिबार
,
Latest
मर्दी हिमालको हाइक्याम्पबाट हराएकी चिनियाँ पर्यटकको दुईदिनपछि उद्धार राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छः उपसभामुख राना राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना विजया दशमीले सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल आपसी सहयोग र सदभावका साथ विजया दशमी मनाउनुहोस्ः प्रधानमन्त्री राष्ट्रपतिले दिउँसो ३ः३० बजेदेखि सर्वसाधारणलाई दसैँको टीका लगाइदिने तीन प्रदेशमा वर्षाको सम्भावना हर्षोल्लासका साथ विजया दशमी मनाइँदै: कति बजे छ साइत, कता फर्किएर टीका थाप्ने ? चचहै, चचहै (तस्विरहरू)
तपाईं के खोज्दै हुनुहुन्छ ?

निगम थला पार्नेलाई आकाश भैरवले माफ गर्ने छैनन् !



अ+ अ-

राष्ट्रिय ध्वजाबाहक, राष्ट्रको पहिचान नेपाल बायु सेवा निगमको गरिमामय इतिहासलाई निमिट्यान्न पारि राष्ट्रिय सम्पतिमा गिद्धे दृस्टी लगाई राल चुहाउदै लागि परेका दलाल संस्था तथा दलाल पात्र हरुको कुत्सित अभिष्ठ माथि तुसारापात गराउन कर्मचारी साथीहरुले आफ्नो जागिरको समेत प्रवाह नगरी निगमको बचाउको लागि गर्नु भएको ऐतिहसिक त्याग , निगमका लागि आफ्नो जीवनको उर्जा अर्पण गरेर अवकाश हुनु भएका अवकाश प्राप्त कर्मचारी साथीहरु (तपाईहरुकै त्याग र मेहनत बाट निगम बच्दै आएको थियो ) को सहयोगी हात र ऐक्यबद्धता, निगम बचाउका लागि विभिन्न राजनैतिक दल , बुद्धिजिबी , बिद्यार्थी संगठनहरु लगायतबाट देखाईएको ऐक्यबद्धताले एकताबद्ध रुपमा लागेमा राष्ट्रिय धरोहर खान प्रपन्च गर्ने दलालहरुलाई सबक सिकाउन र राष्ट्रिय सम्पत्ति बचाउन सकिन्छ भन्ने ठोस सन्देश सबै तप्कामा सम्प्रेषण हुन गएको छ।

यो निगमको आगामी कार्य योजना तयारका लागि बलियो आधारशीला हुन सक्छ।

थला परेको निगमलाई दलालहरुको हातबाट मुक्त गरेर मात्र छोड्ने अवस्था कदापी न्यायपूर्ण हुन सक्दैन। यसलाई उठाउने र अन्तराष्ट्रिय प्रतिस्पर्धामा खरो उतार्ने एउटा सकारात्मक चुनौति हाम्रा सामु टड्कारो रुपमा रहेको छ। यसका लागि सम्पूर्ण कर्मचारी साथीहरु , निगमका शुभ चिन्तकहरु , बुद्धिजीबि वर्ग , राजनैतिक दल लगायतको यस्तै ठोस र सकारात्मक एेक्यबद्दताको निरन्तरताको अपरिहार्यता रहेको छ। निगम धरासायी हुनुमा निम्न तीन वटा मुख्य कारण रहेका छन् । 

१। समय सापेक्ष्य निर्णय नहुन

२। गलत निर्णय हुनु

३। नियोजित र षडयन्त्रपूर्ण निर्णय हुनु

हामी यो अवस्थालाई चिरेर अगाडी बढ्न सक्छौ। हाम्रो एेक्यबद्धताले त्यो सम्भव छ। हामी सम्पूर्ण एक ढिक्का भै निगमलाई अगाडी बढाउने जिम्मेवारी हाम्रै काधमा थियो र छ। हाम्रो एेक्यबद्धताले मात्र त्यो सम्भव छ भन्ने अकाट्य यथार्थलाई शिरोपर गरि अब त्यो प्रमाणित गरेर देखाउने बेला आएको छ।

निगमलाई थला थला परेको वर्तमान अवस्थाबाट मुक्त गरि निगमको स्वर्णिम बिगत जस्तै स्वर्णिम भविष्यको सुनिस्चितताका लागि अब ढिला गरेमा आकाश भैरवले हामीलाई माफ गर्ने छैनन। त्यसका लागि आउँ हातेमालो गरौ र जुटौ अब ढिला नगरौ।

– क्याप्टेन सुवास  रिजालको फेसबुक बाट