२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता News Polar पूर्वसांसद डा. विजय पौडेलको निधन News Polar कांग्रेसको अल्पसङ्ख्यक तथा अपाङ्गता क्लस्टरको मतगणना भोलि बिहान १० बजेदेखि News Polar नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी News Polar कांग्रेसको १५औँ महाधिवेशन : युवा खुलातर्फको मतगणना साँझ ६ बजेदेखि सुरु गर्ने तयारी

निगम थला पार्नेलाई आकाश भैरवले माफ गर्ने छैनन् !

निगम थला पार्नेलाई आकाश भैरवले माफ गर्ने छैनन् !
अ अ+ अ-

राष्ट्रिय ध्वजाबाहक, राष्ट्रको पहिचान नेपाल बायु सेवा निगमको गरिमामय इतिहासलाई निमिट्यान्न पारि राष्ट्रिय सम्पतिमा गिद्धे दृस्टी लगाई राल चुहाउदै लागि परेका दलाल संस्था तथा दलाल पात्र हरुको कुत्सित अभिष्ठ माथि तुसारापात गराउन कर्मचारी साथीहरुले आफ्नो जागिरको समेत प्रवाह नगरी निगमको बचाउको लागि गर्नु भएको ऐतिहसिक त्याग , निगमका लागि आफ्नो जीवनको उर्जा अर्पण गरेर अवकाश हुनु भएका अवकाश प्राप्त कर्मचारी साथीहरु (तपाईहरुकै त्याग र मेहनत बाट निगम बच्दै आएको थियो ) को सहयोगी हात र ऐक्यबद्धता, निगम बचाउका लागि विभिन्न राजनैतिक दल , बुद्धिजिबी , बिद्यार्थी संगठनहरु लगायतबाट देखाईएको ऐक्यबद्धताले एकताबद्ध रुपमा लागेमा राष्ट्रिय धरोहर खान प्रपन्च गर्ने दलालहरुलाई सबक सिकाउन र राष्ट्रिय सम्पत्ति बचाउन सकिन्छ भन्ने ठोस सन्देश सबै तप्कामा सम्प्रेषण हुन गएको छ।

यो निगमको आगामी कार्य योजना तयारका लागि बलियो आधारशीला हुन सक्छ।

थला परेको निगमलाई दलालहरुको हातबाट मुक्त गरेर मात्र छोड्ने अवस्था कदापी न्यायपूर्ण हुन सक्दैन। यसलाई उठाउने र अन्तराष्ट्रिय प्रतिस्पर्धामा खरो उतार्ने एउटा सकारात्मक चुनौति हाम्रा सामु टड्कारो रुपमा रहेको छ। यसका लागि सम्पूर्ण कर्मचारी साथीहरु , निगमका शुभ चिन्तकहरु , बुद्धिजीबि वर्ग , राजनैतिक दल लगायतको यस्तै ठोस र सकारात्मक एेक्यबद्दताको निरन्तरताको अपरिहार्यता रहेको छ। निगम धरासायी हुनुमा निम्न तीन वटा मुख्य कारण रहेका छन् । 

१। समय सापेक्ष्य निर्णय नहुन

२। गलत निर्णय हुनु

३। नियोजित र षडयन्त्रपूर्ण निर्णय हुनु

हामी यो अवस्थालाई चिरेर अगाडी बढ्न सक्छौ। हाम्रो एेक्यबद्धताले त्यो सम्भव छ। हामी सम्पूर्ण एक ढिक्का भै निगमलाई अगाडी बढाउने जिम्मेवारी हाम्रै काधमा थियो र छ। हाम्रो एेक्यबद्धताले मात्र त्यो सम्भव छ भन्ने अकाट्य यथार्थलाई शिरोपर गरि अब त्यो प्रमाणित गरेर देखाउने बेला आएको छ।

निगमलाई थला थला परेको वर्तमान अवस्थाबाट मुक्त गरि निगमको स्वर्णिम बिगत जस्तै स्वर्णिम भविष्यको सुनिस्चितताका लागि अब ढिला गरेमा आकाश भैरवले हामीलाई माफ गर्ने छैनन। त्यसका लागि आउँ हातेमालो गरौ र जुटौ अब ढिला नगरौ।

– क्याप्टेन सुवास  रिजालको फेसबुक बाट