• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो, साढे ४ बजे बस्ने ★   कोशी प्रदेशमा पहिलो पटक चलचित्र महोत्सव शुरु ★   छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो संसद बैठक ★   घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ ★   प्लेअफमा पुग्न आरसीबीको ७ ‘चमत्कार’ ★   ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै ★   लागुऔषध खैरो हिरोइन ४८ ग्रामसहित एक पक्राउ ★   मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली सहित ८ जना बिरुद्ध आरोपपत्र दायर ★   मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व सङ्कलन ★   सेतीमा पक्की पुल: तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै

स्ववियु निर्वाचनको पूर्वतयारीमा लाग्न त्रिविको निर्देशन



काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन गर्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएको छ ।

त्रिवि रजिस्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले एक सूचना प्रकाशित गरी आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको पूर्वतयारीमा जुट्न आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिएका हुन् ।

महाशाखा प्रमुख दाहालले गत पुस २२ को त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णय नं १७६५ अनुसार पूर्वतयारी गर्न गराउन सम्पूर्ण आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसलाई निर्देशन दिइएको जानकारी दिए ।

विसं २०७३ चैत १५ गते केही आङ्गिक क्याम्पसमा मात्र निर्वाचन भए पनि अन्य क्याम्पसमा विसं २०६५ देखि अहिलेसम्म स्ववियु निर्वाचन हुन सकेको थिएन । रासस